तानसेन/ राष्ट्रिय जनमोर्चा पाल्पाले भारतले जारी गरेको जाली नक्साको बिरुद्ध तानसेनमामा बिरोध सभा सम्पन्न गरेको छ ।
राष्ट्रिय जनमोर्चाको जिल्ला कार्यालयबाट निस्केको जुलुस भारतीय हस्तक्षेप विरुद्ध गगनभेदी नारा लगाउँदै तानसेन बजारमा परिक्रमा गरी सितलपाटीमा पूगी सभामा परिणत भएको थियो । राष्ट्रिय जनमोर्चाका नेता सोम कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त विरोध सभामा अखिल नेपाल युवक संघका अध्यक्ष अनिलकिशोर घिमिरे, अखिल छैठौंका अध्यक्ष बिमल पोखरेल रर राज पाल्पाका अध्यक्ष विशाल दर्लामीले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता राजमो पाल्पाका उपाध्यक्ष मान बहादुर बलम्बु र संचालन जिल्ला सचिव तिलख गाहले गर्नुभएको थियो । साथमा रक्तिम सांस्कृतिक अभियानका कलाकारको प्रस्तुती रहेको थियो ।