भारतमा पनि लेनिन दिवस मनाइयो

0
1244

जयपुर, २२ अप्रेल । सर्वहारा वर्गका महानेता क. लेनिनको १४९ औं जन्म दिवस तथा नेपाल कम्यूनिष्ट पार्टीको ६९ औं स्थापना दिवस आज भारतका विभिन्न शहरहरुमा सम्पन्न पारिएको छ । प्राप्त समाचार अनुसार सो अवसरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जयपुर उत्तर एवं दक्षिणको संयुक्त आयोजनामा एक सभा सम्पन्न पारिएको छ ।
ओम थापाको सञ्चालन तथा मंगल सिंह खड्काको अध्यक्षताबाट अगाडि बढेको सो सभामा सहभागिहरुलाई दीपक थापा स्वागत गरेका थिए ।

कार्यक्रममा मूल प्रवाह केन्द्रीय सदस्य मोहन गिरी, मध्य पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष बेलबहादुर रजाली, सचिव नारायण ग्वाली, रक्तिम केन्द्रीय विभागका रिम राना, जनजाति क्षेत्रीय विभागका बाबूराम थापा, महिला विभागका दीपा थापा, जयपुर उत्तरका पूरण सिंह खड्का, जालन्धर नगर समितिका पूर्व सदस्य मिनराज भण्डारी लगायतका वक्ताहरुले सो अवसरमा मन्तव्य दिनुभएको थियो ।

चंडिगढ,

त्यस्तै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समितिको आयोजनामा विश्व सर्वहारा वर्गका महान नेता तथा आक्टोवर क्रान्तिका महानायक क. लेनिनको १४९ औं जन्मदिवश तथा नेकपाको ६९औं स्थापना दिवशको कार्यक्रम सम्पन्न भएको छ । थमन थापाको अध्यक्षतामा तथा खिमराज चालीसे सञ्चालनमा सम्पन्न सो समारोहमा विभीन्न अतिथीहरुको आशन ग्रहण अर्जुन विक र कलाकारले स्वागत गरेका थिए ।

लेनिन दिवश तथा नेकपा स्थापना दिवशको औचित्य वारे प्रकास पार्दै वोल्ने वक्ताहरुमा क्रमश: मुल प्रवाह क्षे.स.का मान बहादुर केसी, महिला क्षेत्रीय विभागकी सचिव जुना चालीसे, क्षेत्रीय महिला सदस्य सिमा खडका र माया आचार्य, महिला नगर सचिव जमुना खनाल, जनजाती विभाका तेज बहादुर रोका, समता विभागका दुर्गा विक, रक्तिम विभागका दिनेश विक, विद्यार्थी संघका केन्द्रीयय सदस्य विष्णु वेल्वासे, खेल विभागका शमशेर केसी लगाएत हुनुहुन्थ्यो ।

रोपड,

त्यसैगरी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोपड नगर समितिको आयोजनामा विश्व सर्वहारा वर्गका महान नेता तथा आक्टोवर क्रान्तिका महानायक का लेनिनको १४९ औं जन्म दिवश तथा नेकपाको ६९औं स्थापना दिवश सम्पन्न पारिएको छ ।

लाल वहादुर थापाको अध्यक्षता तथा ओम प्रकास सापकोटाको संचालनबाट अगाडि बढेको सो समारोहमा सोभाराम सापकोटाले स्वागत मन्तव्य दिनुभएको थियो । लेनिन दिवश तथा नेकपा स्थापना दिवशको औचित्य वारे मुल प्रवाह क्षे.स.का अध्यक्ष प्रेम सापकोटा, महिला समितिकी खगी थापा तथा वामपथी नेता माधव विसी लगाएतले प्रकाश पार्नुभएको थियो ।

भिवाडी,

त्यस्तै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवाडीको आयोजनामा १४९ आंै लेनिन दिवस तथा नेपाल कम्युनिस्ट पार्टीको ६९ औं स्थापना दिवस सम्पन्न भएको छ । काजीराम श्रेष्ठले कार्यक्रमको सञ्चालन गर्नु भएको उक्त कार्यक्रको अध्यक्षता किशोर राईले गर्नु भएको थियो ।

कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य नारायण शर्मा, क्षेत्रीय सदस्य राम प्रसाद घिमिरे, क्षेत्रीय महिला सदस्य कृष्टि राई , विद्यार्थी बिभागका सदस्य सृष्टि राई रहनु भएको थियो । उपस्थित सम्पुर्ण जनमानसलाई गिर बहादुर थापाले मन्तव्य मार्फत स्वागत गर्नु भएको थियो ।

अर्जुन परियार खेल बिभाग, राम बहादुर थापा रक्तिम बिभाग, बिस्वनाथ घिमिरे हाउसिङ बोर्ड टोल समिति, सृष्टि राई विद्यार्थी बिभाग, कृष्टि राई महिला बिभाग र राम प्रसाद घिमिरे क्षेत्रीय सदस्य लगायतले कम्युनिस्ट पार्टीका महान नेता लेनिनको जिबनीको बारेमा र उनले समाज र दुनियाँलाई दिएको योगदानको बारेमा र नेपाल कम्युनिस्ट पार्टीको स्थिति र भूमिकाको बारेमा प्रष्ट्याउनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here