भारतको राजधानी दिल्लीमा तीन वर्षको दुधे बालकको बिचल्ली

0
513

भरत पौडयाल,

नयाँ दिल्ली । गुल्मी जिल्ला, मदाने गाउँपालिका साबिकिको धुर्कोट भनभने गा.वि.स. वाड न. ७ निवासी दामोदर पाण्डे कि श्रीमती सीता पाण्डे भारतको राजधानी नयाँ दिल्ली देखि ११ जुन २०१८ (जेष्ठ २८, २०७५) बाट बेपत्ता हुनाले परिवारको बिचल्ली भएको छ । भनिन्छ छोटो परिवार सुखी परिवार तर दामोदर पाण्डेको मामलामा ठिक यसको बिपरित हुन पुगेको छ । परिवारमा एक छोरी तनिषा पाण्डे (छ वर्ष), एक छोरा चन्द्र प्रसाद पाण्डे (तीन वर्ष) भएका सुखी जीवन चलिरहेको बेला एक्कासी आमा लापता हुनाले बच्चाहरुको बेजोग भएको अवस्था देखिएको छ ।

दामोदर पाण्डे पेशाले कार ड्राइवर हुन्, १८ वर्ष देखि राजधानी दिल्लीको इस्ट अफ कैलाश नगरमा बसोबास गरिरहेका छन् । यसै क्रममा नौ वर्ष पहिला पाण्डेको घनिष्ट मित्र खुम बहादुर घिमिरीले मित्रतालाई पारिवारिक रुप दिनको लागि आफ्नी सालीसँग पाण्डेको विवाह प्रस्ताव दिए जसलाई पाण्डेले पनि नकार्न सकेनन र आफ्नो स्वइच्छाले मित्रतालाई पारिवारिक सम्बन्धमा परिवर्तन गर्न सफल भए । पिडितले बताए अनुसार गत नौं वर्षमा कुनै पनि पारिवारीक विवाद थिएन तर तिन महिना पहिला श्रीमती अचानक लापता भएको जानकारी दिए । जसको अहिलेसम्म कुनै अत्तापत्ता लाग्न सकेको छैन । आफुले सक्दो खोजी गरिरहेको र खोजी अभियान समेत चलायक छन्, तर पनि सफलता प्राप्त हुन सकेन ।

पाण्डे द्वारा विवादित बयानः
श्रीमतीकी दिदी भिनाजु–दिल्लीमा बसोबास गर्नेसँग पाण्डेको सम्बन्धमा खटपट चलिरहेको थियो । जसको बदला लिनका लागि षड्यन्त्र रचिएको हो । दिदिको घर जान्छु भनेर हिनेकी श्रीमती एक्कासी लापता भए पछि माइती पक्षबाट सास कि लास टकार भन्ने धम्किका साथ कानूनी कारवाई गर्ने धम्किसम्म दिएका थिए । जसले गर्दा पाण्डेको अत्यन्त पीडाका साथ उनको मानसिक सन्तुलनसम्म प्रभावित भएको थियो । हराएको १० दिन पछि एक्कासी काठमाडौँबाट लगातार ३ दिनसम्म श्रीमतीको फोन आएको थियो र उनले आफन्तको होटेलमा कार्य गर्दैछु भन्ने जानकारीका साथ चाँडै दिल्ली फर्किने आस्वासनसम्म दिएकी थिइन् । तर अहिले ३ महिनासम्म कुनै सम्पर्क हुन सकेको छैन । काठमाडौँबाट फोन गरेको न. को जाच पड्ताल गर्दा श्रीमती कि कान्छी बैनी जवाईको न. हो भन्ने पुष्टि भयो । तथापी पिडितलाई यो षड्यन्त्र गरिएको र सीता पाण्डेलाई अलपत्र (गायब) हुनुमा माइती पक्षको मुख्य भूमिका रहेको जानकारी दिए ।

खोज तलास :
श्रीमती हराएपछि पाण्डेले दिल्ली पुलिससम्म आफ्नो उजुरी दिएका थिए तर सरकारी प्रशासनबाट कुनै सहयोग नभएको पिडितले बताए । साथै दिल्लीमा विभिन्न संघ संस्थामा पनि अनुरोधसम्म गरेको बताए । श्रीमतीको खोजि गर्दै जादा पाण्डेले जिल्ला प्रहरी कार्यालय गुल्मी तम्घासमा समेत निवेदन दिएका थिए जसमा श्रीमतीको ब्रेन वास गरेर माइती पक्छले बेपत्ता परेको उजुरी दिएका थिए । पुलिस प्रशासनले दुवै पक्छलाई फेस टु फेस राखेर छलफल गरे तर कुनै निस्कर्ष निक्लीयन । प्रहरी प्रशासनका अनुसार माइती पक्छले कुनै एक्सन लिएन तर पाण्डेले आफुसँग पर्याप्त कागजी सबूत भएर पनि प्रहरीले कुनै जाँच पड्तालमा चासो दिएनन् भन्ने गुनासो गरे । खोज तलासको कार्यलाई तीव्रगतिमा लैजनाको लागि ओझेलको खबर, सामाजिक संजाल मीडियामा भिडिओ पनि वाईरल भयो तर पनि सीता पाण्डेको कुनै अत्तोपत्तो लाग्न सकेन ।

दामोदर पाण्डेको अनुरोध :
उनी भन्छन प्रदेशको कठिन वातावारणमा, भाडाको घर, तिन वर्षको दुधे बालक, छ वर्षकि स्कुलजाने छोरी र प्राइवेट ड्राइवरको जागिर जिन्दगि अत्यन्त कठिन भन्दा कठिन भइरहेको छ । काम छोडे बिहान बेलूकी छाक टार्ने कसरी ? अनि भाडाको घर कसरि दिने भाडा ? आठ घण्टा नानीहरुलाई कोठामा बन्द गरेर हिड़नू या छिमेकिको हस्तेमा आफ्नो कार्यमा जानुको शिवाय अर्को बिकल्प छैन । यस अवस्था कसरि निरन्तरता दिने स्कुलमा ? समस्या दिन (प्रतिदिन जटिल हुदैन छन् । प्रत्येक दिन श्रीमती फर्किने आशामा बितीरहेको छ तर निराशाका दिन हप्ता, महिना, वर्षमा परिवर्तन हुन लागे । कोही छैन यी दर्दनाहक दिनहरूको जवाबदेही, सम्मानका साथ जतिबेला आए पनि स्वागत छ, श्रीमतीलाई घरमा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here