भारतका विभिन्न स्थानहरुमा नगर भेला सम्पन्न

0
425
बर्सोरा, २४ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पूर्वोत्तर भारत क्षेत्रीय समिति अन्तर्गत बर्सोराको नगर सम्मेलन सम्पन्न भएको छ । क्षेत्रीय समितिका अध्यक्ष अमित केसीको प्रमुख आतिथ्यतामा सम्पन्न सो सम्मेलनले पवन गिरीको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । जसमा: उपाध्यक्ष– ललित गुरुङ, सविच– नेत्र कुमार राई, सहसचिव– प्रकाश थापा र कोषाध्यक्ष– सिवी लामा रहेका छन् । त्यस्तै सदस्यमा: सुदन राई, हिरा शर्मा, किस्न सुनुवार, मिलन राई, गोलाई कान्छा, बालकुमार सुनार, वैकल्पिक सदस्यमा: लोकेन्द्र प्रोटेल, गोपाल तमाङ र टिका राई रहेका छन् । त्यस्तै सम्मेलनले ओमकार रोका मगर, गौरी बुढा मगर, खम्ब चाम्लीङ, नरेश थापा र प्रकाश तमाङ (पास्टर) लाई सल्लाहकार चयन गरिएको छ ।
नवनिर्वाचित समितिलाई प्रमुख अतिथि अमित केसीले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।
सिलाङ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पूर्वोत्तर क्षेत्रीय समिति अन्तर्गत सिलाङ नगर समितिको भेला सम्पन्न भएको छ । क्षेत्रीय समितिको अध्यक्ष अमित केसीको प्रमुख आतिथ्यता तथा राम बहादुर नेपालीको अध्यक्षतामा सम्पन्न भेलाले तेजेन्द्र घिमिरेको अध्यक्षतामा १५ सदस्यय सिलाङ नगर समिति पुनरगठन गरेको छ । जसमा: उपाध्यक्ष– प्रेम श्रीमाली, सचिव– राम बहादुर नेपाली, सहसचिव– चित्र बहादुर पुन रहेका छन् । त्यस्तै सदस्यमा: दुर्गा बहादुर नेपाली, भविलाल घर्ति मगर, भिम कुंवर, केवी विक रहेका छन् । वैकल्पिक ३ र सल्लाहकार ३ स्थान रिक्त राखिएको छ ।
चंगलपेठ, २२ जुलाई ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंगलपेठ नगर समितिको भेला सम्पन्न भएको छ । भेलाको सञ्चालन राम बहादुर कुमालले र अध्यक्षता नरेश कुमार विकले गर्नुभएको थियो । भेलामा सहभागिहरुलाई याम बहादुर विकले स्वागत गर्नुभएको थियो ।
भेलाको उद्घाटन केन्द्रीय सदस्य मदन शर्माले गर्नुभएको थियो । खड्क बहादुर गिरी, सिताम्बरम नगर समितिको उपाध्यक्ष सूर्यमान गिरी, चिन्त बहादुर नेपाली, मान बहादुर थापा, खेम बहादुर विक, नेत्र बहादुर विक, गौरी विक, गौमती विक, मान बहादुर विक लगायतले भेला सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो ।
भेलाले नरेश कुमार विकको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । जसमा: उपाध्यक्ष– मान बहादुर विक, सचिव– राम बहादुर कुमाल, सहसचिव– याम बहादुर थापा र कोषाध्यक्ष– दुर्गा बहादुर थापा रहेका छन् । त्यस्तै सदस्यमा: याम बहादुर विक, जानकी गिरी, गौमती विक, गौरी विक, वैकल्पिक सदस्यमा: चित्र बहादुर नेपाली, विष्णु बहादुर दर्जि र खेम बहादुर विक रहेका छन् । त्यस्तै सल्लाहकारमा: खड्क बहादुर गिरी, नेत्र बहादुर विक र मान बहादुर थापा रहेका छन् ।
किम, १६ जुलाई ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तरगत किममा नगर भेला सम्पन्न पारिएको छ । जगत शाहीको सञ्चालन तथा कृष्ण अधिकारीको अध्यक्षताबाट अगाडि बढेको सो भेलामा क्षेत्रीय अध्यक्ष बेदबहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । भेलाले कृष्ण अधिकारीको अध्यक्षतामा किम नगर समिति चयन गरिएको छ । जसमा: उपाध्यक्ष– दिनेश सोनी, सचिव– जगत शाही, सहसचिव– तेज रेग्मी र कोषाध्यक्ष– मन्दिरा तमाङ रहेका छन् । त्यस्तै सदस्यमा: आशिष राई, पुर्ण खनाल, प्रेम तमाङ, बिमल क्षेत्री, जित मुखिया, किसन थापा, लीला राई, सीता मुखिया, बैकल्पिक सदस्यमा सीता शाही र गंगा रेग्मी रहेका छन् । त्यस्तै भेलाले प्रेम केसी, हर्क तमाङ, तेक बहादुर थापा र पवि थापालाई सल्लाहकार चयन गरेको छ ।
बडौदरा, १५ जुलाई ।
मूल प्रवाह अखिल भारत नेपाल ऐकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तरगत वरोदामा नगर भेला सम्पन्न भएको छ । चानस बिष्टको सञ्चालन र प्रेम सोनीको अधक्ष्यता र केन्द्रीय सदस्य गोविन्द थापा र क्षेत्रीय अधक्ष्य बेद बहादुर कार्कीको उपस्थितिमा दोस्रो नगर भेला सम्पन्न पारिएको छ ।
भेलाले प्रेम सोनीको अध्यक्षतामा नयाँ समिति चयन गरिएको छ । जसमा: उपाध्यक्ष– ज्ञानेश्वर घिमिरे, सचिव– चानस बिष्ट, सहसचिव– लोकबहादुर शाही र कोषाध्यक्ष– सरस्वती सोनी रहेका छन् । त्यस्तै सदस्यमा:  मनोज सोनी, राकेश सोनी, प्रेम थापा, टीका गुरुङ, शेर बहादुर विक, धोज बिष्ट, रामु श्रेष्ठ, लक्ष्मी बिष्ट,  बैकल्पिक सदस्यमा गणेश शाही र कृष्ण भण्डारी रहेका छन् । त्यस्तै सल्लाहकारमा लक्ष्मण घिमिरे, कृण्ण घिमिरे  र देबकी बिष्ट रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here