बठिंडा, २–३ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत भटिन्डा नगर समितिको दशौ सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन केन्द्रीय समितिका सल्लाहकार तथा क्षेत्रीय समितिका सचिव त्रिभूवन भट्टराईले गर्नुभएको थियो ।
भट्टराईले उद्घाटन मन्तव्यका दौरानमा प्रवासी नेपालीहरुको हकहित तथा न्यायको लागि मूल प्रवाहले सधै अग्रिम भुमिका निभाउदै आएको बताउनु भएको थियो । “एकता समाजले भारत प्रवासमा छरिएर रहेका नेपालीहरुको अभिभावकको रुपमा आफुलाई स्थापित गरी सकेको छ ।” भट्टराईले भन्नु भयो– “अब विदेशी भुमीमा रहेको यो जनशक्तिलाई नेपालभित्र पनि यो सामाजिक संरचनालाई नै वदल्ने जमर्को गर्न हामी आजैदेखि तैयारीमा लाग्नु पर्दछ ।”
हेमराज विकको अध्यक्षतामा तथा गिरीबहादुर मगरको सञ्चालनबाट अगाडि बढेको उदघाटन समारोहमा विभीन्न अतिथीहरुको आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरुको संझना १ मिनट मौनधारण पश्चात नारायण केसी र कलाकारले स्वागत गर्नु भएको थियो । केन्द्रीय समितिका सल्लाहाकार जगप्रसाद खनाल र क्षेत्रीय सदस्य तुस्मा थापाले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।
दशौं सम्मेलनले जगप्रसाद खनालको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । जसमा: उपाध्यक्ष– नारायण केसी, सचिव– तुल्सबहादुर थापा, सहसचिव– भवानी खडका र कोषाध्यक्ष– गिरीबहादुर मगर रहेका छन् । त्यस्तै सदस्यहरुमा क्रमश: नर बहादुर ओली, टेक बहादुर केसी, लंक बहादुर नेपाली, गणेश पोख्रेल, प्रेम बहादुर पुलामी , चन्द्र प्रसाद सापकोटा, पुरन वहादुर, हेमलाल विक, वैकल्पिक सदस्यहरु क्रमश: गोविन्द विष्ट, सुरज नेपाली, रमेश, नारायण पल्ली र कमल वस्नेत रहेका छन् । त्यस्तै सम्मेलनले सल्लाहकारहरुमा गोपाल शर्मा, पप्पू, मुक्त बहादुर, राजु परियार, जीत बहादुर नेपाली, संजु नेपाली, मंजीत र वुद्वी बहादुर पुलामीलाई चयन गरेकोछ । नव निर्वाचित समितिको घोषणा केन्द्रीय सदस्य कृष्ण जीसीले गर्नुभएको थियो ।
प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष हिरासिंह चन्द, केन्द्रीय सदस्य कृष्ण जीसी, केन्द्रीय सल्लाहकार तथा क्षेत्रीय सचिव त्रिभुवन भट्टराई, केन्द्रीय सदस्य जगप्रसाद खनाल तथा क्षेत्रीय सदस्य नरबहादुर ओली, हुमबहादुर बिक, वुद्वी आचार्य, महिला क्षेत्रीय विभागकी कोषाध्यक्ष सुनिता भट्टराई, रक्तिमका वोम बहादुर विष्ट, विद्यार्थी क्षेत्रका अमर नेपाली तथा विभिन्न नगर प्रतिनिधिहरु वसन्त भण्डारी, लक्ष्मी पाण्डे, कृष्ण नेपाली, गोयस पोखरेल र पुष्पा पोखरेल समेत लगायतले नवनिर्वाचित समितिलाई बधाई दिनुभएको थियो ।
घोषणा सभाको अध्यक्षा गिरीबहादुर मगरले र सञ्चालन नारायण केसीले गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुलाई तुल्स बहादुर थापा र रक्तिमका कलाकारले स्वागत गर्नु भएको थियो । कार्यक्रमको अन्तमा भव्य साँस्कृतिका कार्यक्रम प्रस्तुत गरिएको थियो ।