बेलायतमा पिआरको लागि १० बर्षे नियम लागु।

0
7


May-16 (2025)
लन्डन — बेलायत सरकारको हालै सार्वजनिक इमिग्रेसन ह्वाइट पेपरमा प्रस्तावित पिआरसम्बन्धि नयाँ नियम यसअघि नै बेलायत आइसकेकाहरुको लागि पनि लागू हुने भएको छ ।

प्रस्तावित योजनामा यस अघि स्थायी बसोबास (पिआर) सुविधाका लागि बेलायतमा बस्नुपर्ने ५ वर्षको अवधिको मापदण्डलाई बढाएर १० वर्ष पुर्‍याइएको छ ।

गत सोमबार घोषणा हुंदा पिआर सम्बन्धि परिवर्तित १० वर्षे नियम नयाँ आउनेहरुलाई मात्रै लागू हुने कि यस अघि नै बेलायत आइसक्नेहरुलाई पनि लागू हुन्छ भन्ने अन्योल थियो ।

तर बीबीसीले बुधबार सार्वजनिक गरेको एक समाचारमा यो व्यवस्था बेलायत आइसकेकाहरुलाई पनि लागू हुने जनाइएको छ । जसअनुसार सन् २०२० देखि हालसम्म कामको शिलशिलामा बेलायत आइसकेका १५ लाख विदेशीहरुले पनि पिआरका लागि १० वर्ष पर्खिनुपर्ने भएको छ ।

हुन त इमिग्रेसन ह्पवाइट पेपरमा सार्वजनिक योजनाहरु कार्यान्वयन हुनुपूर्व सोहिअनसार इमिग्रेसन कानूनहरु निर्माण हुनुपर्छ । त्यसका लागि प्रस्तावित योजनाहरुमाथि पब्लिक कन्सल्टेसनदेखि संसदको तल्लो र उपल्लो दुवै सदनका प्रक्रियाहरु पार गर्नुपर्ने हुन्छ ।

पीआर सम्बन्धमा प्रस्तावित १० वर्षे व्यवस्था सबै प्रक्रिया पार गर्दै इमिग्रेसन कानून बनेर कार्यान्वयन हुन्छ कि हुंदैन वा कहिलेसम्म कार्यान्वयन हुन्छ भन्ने स्पष्ट हुन बाँकी छ । तर यो प्रस्ताव अनुसारकै व्यवस्था कार्यान्वयन भएको अवस्थामा भने पहिले नै बेलायत आइसक्नेहरुलाई पनि लागू हुने भएको छ।

नेपालबाट वा बेलायत आएर वर्क परमिट लिने नेपालीको संख्या पनि हजारौं रहेको अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here