बेंगलोर उत्तर, ९–१० जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत बेंगलोर उत्तर नगर समितिको १६ औं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन केन्द्रीय समितिका उपाध्यक्ष देव बहादुर लामिछानेले गर्नुभएको थियो ।
लामिछानेलले उद्घाटन मन्तव्यमा एकता समाज स्थापना भारतबाट भएता पनि आज विश्वमा फैलिएर रहेका नेपालीहरुलाई संगठिन हुनुपर्छ भन्ने सन्देश प्रवाह गर्दै विश्वका विभिन्न मुलुकहरुमा स्थापित भइसकेको बताउनु भयो । प्रवासी नेपालीहरुका बीचमा संगठित आन्दोलनलाई अगाडि बढाउँदै स्वादेशमा चल्ने विभिन्न जनपक्षिय आन्दोलनहरुमा पनि एकता समाजले आफ्नो छाप छोडेको समेत लामिछानेले बताउनु भयो ।
कृष्ण परियारको अध्यक्षता तथा सावित्री थापाको सञ्चालनबाट अगाडि बढेको सो सम्मेलनमा अतिथिहरुको आसन ग्रहण पश्चात ज्ञात अज्ञात शहिदहरुको संझनामा एम मिनेट मौधारण गरिए पछि भारती परियार र कलाकारहरुले उपस्थित जनसमुदायलाई स्वागत गर्नुभएको थियो ।
केन्द्रीय सदस्य मदन भण्डारी, क्षेत्रीय प्रतिनिधि विवि थापा, महिला विभागकी शान्ति परियार, विद्यार्थी संगठनबाट ज्योती पहरी लगायतले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।
सम्मेलनले मदन भण्डारीको अध्यक्षतामा १५ पूर्ण, चार वैकल्पिक र ७ सल्लाहकार गरी २६ सदस्यीय बेंगलोर उत्तर नगर समिति चयन गरेको छ । जसमाः उपाध्यक्ष– कृष्ण बहादुर परियार, सचिव– कृष्ण नेपाली, सहसचिव– सावित्री थापा र कोषाध्यक्ष– भारती परियार रहेका छन् । त्यस्तै सदस्यमाः धर्म पहरी, दिलीप विक, चन्द्र बहादुर थापा, सरस्वती केसी, रामसिंह जिएम, तिलक केसी, शान्ति परियार, दूरा पहरी, गगन परियार, अनुराधा अधिकारी, वैकल्पिक सदस्यमाः शंकर देवकोटा, चक्र बहादुर रावल, गौरी देवकोटा र काजी थापा रहेका छन् । त्यस्तै सम्मेलनले सल्लाहकारमा देव बहादुर केसी, ओम बहादुर दाहाल, गणेश परियार, वलदेव विक, गोरख विक र सिता कुंवरलाई चयन गरेको छ । नवनिर्वाचित समितिको घोषणा प्रमुख अतिथि देव बहादुर लामिछानेले गर्नुभएको थियो ।
क्षेत्रीय सदस्य बालकृष्ण गायक, प्रवासी संघ भारतका रामचन्द्र भण्डारी, एकता मञ्चका मनिष रावल, बेंगलोर दक्षिण नगर समितिका नरेश विक, अखिल भारत नेपाली विद्यार्थी संघका सन्तोष पहरी लगायतले नवनिर्वाचित समितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो ।
घोषणा सभाको अध्यक्षता देव बहादुर केसीले र सञ्चालन धर्म पहरीले गर्नुभएको थियो । कार्यक्रमको अन्तमा रक्तिमका कलाकारहरुले भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।