बेंगलोरमा सांसद दुर्गा पौडेललाई सम्मान

0
489
बेंगलोर दक्षिण, १ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर दक्षिण नगर समितिले प्रतिनिधि सभाका सांसद दुर्गा पौडेललाई सम्मान प्रदान गरेको छ । बेंगलोर महिला नगर बिभागले एक कार्यक्रमको आयोजना गरि फुलमालाका साथ दोसल्ला ओढाए सम्मान प्रदान गरेको थियो ।
                पौडेलले सो कार्यक्रममा मन्तव्य दिंदै प्रवासी नेपाली महिलाहरु पनि महिला अधिकारको आन्दोलनमा सरिक हुनुपर्ने आवश्यकता रहेको बतायनु भएको थियो । पौडेलले भन्नु भयो नेपाली महिलाहरुले आ–आफ्नो स्थानबाट संगठित आन्दोलन गर्नु पर्नेमा जोड दिनु भयो । पौडेलले भन्नु भयो– “त्यस्तै महिलाहरुले आफ्नो  अधिकारको लागि आफै लड्नु पर्छ ।”
            पौडेलले देशको तात्कालिक देशको राजनीति अवस्था बारे समेत उपस्थित कार्यकर्ताहरुलाई अवगत गराउनु भएको थियो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले देशको वामपन्थी राजनीतिक सवालमा र स्वयं राष्ट्रिय जनमोचालाई आर्थिक, नैतिक तथा भौतिक रुपमा सहयोग पर्याउँदै आएको बताउनु भयो ।
                  क्षेत्रीय समितिका राम सिंह बिक, दशरथ बिक, महिला बिभागबाट ज्ञानमति बिक र बिद्यार्थी क्षेत्रीय समितिबाट कमला बिकको समेत कार्यक्रममा सहभागिता जनाउनु भएको थियो ।
                   कार्यक्रम कृष्ण बिकको अध्यक्षता तथा शेरसिंह बिकको सञ्चालनमा कार्यक्रम अगाडि बढेको थियो । कार्यक्रममा सहभागिहरुलाई पार्वती बिक र रक्तिमका कलाकारहरुले गितद्वारा स्वागत गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here