बुढा बुढीको टकन् टुकुन

0
166

बुढा = घर छोडिन् बुढीले पाईन भनि छड्के तिल्लहरी।
कमाई मेरो केही छैन तिल्लहरी ल्याईदीउॅ कसरी।

अरिकाको देखेर उलामतमा नलाग।
बिना सित्तै खैला बैला गर्छेउ म सॅग।

पेट पाल्न नि मुश्किल मुश्किल परेको यो बेला।
मिल्दो जुल्दो कुरा गर परेउ केको फेला।

घर छोडिन बुढीले “”””””

बुढी = जान्छु म त घर छोडी आफै किन्छु छड्के तिल्लहरी ।
दुख गरी लाउने खाने गर्छु मनपरी।

भने जस्तो कहिलेई पनि लाउन खान नपाउनि।
गहना चाहियो भन्यो भने सधै हप्काउनि।

सबै सॅगी गहनाले भरीई आउछन मैदानमा।
म मात्रै यस्तो घरमा आईछु कुन दिनमा।

जान्छु म त घर छोडी “””””””

केटाकेटी पढ्दैछन भोली ठुला बन्लान नि।
तिम्रो ईच्क्षा सबै यिनले पुरा गर्लान नि।

दुख सुख न आत्तिएउ घर छोडेर नजाउ।
छोरा छोरी शम्झि बस शत्रु नहॅसाउ।

घर छोडिन बुढीले “””””

मनको कुरा गरेउ बुढा चित्त बुझ्यो असाध्यै।
केटा केटी छोडेर जान्न म कतै।

मेरा सारा सम्पति छोराछोरी यिनै हुन।
बढाई दिए पढाई दिए आउॅछन हाम्रा दिन।

भो मलाई चाहिदैन छड्के तिल्लहरी ।
बुढाको भनाईले पुग्यो मन भरी।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here