बिश्वको सबै भन्दा अग्लो प्रतिमा भारतमा

0
349
नयाँ दिल्ली । भारत सरकारले बिश्वमै सबै भन्दा अग्लो प्रतिमाको लोकाअर्पण गरेको छ । सो प्रतिमा सरदार बल्भभाई पटेलको हो ।
भारतमा हरेक बर्ष उनको सम्मानमा कार्याक्रम हुने गर्दछ ।  यो वर्ष भारत सरकारले उनैको सम्मानमा  प्रस्तुत गरेको “स्टैच्यू अफ यूनिटी” सम्भावित विश्वमा सबै भन्दा अग्लो मानिएको छ । उक्त प्रतिमाको उचाई १८२ मिटर रहेको छ ।
३१ अक्टुवर १८७५ मा गुजरातको नाडियाडमा जन्मीएका र भारतीय स्वधिन्ता आन्दोलनमा लागेका पटेल भारतको आजादी पछिका प्रथम उपप्रधानमन्त्री तथा ग्रृहमन्त्री भएका थिए । उनले भारतमा छुट्टाछुट्टै राजपाठ चलाएका ५७५ रियासतहरुलाई एकताको शूत्रमा बाँधेर अखण्ड भारतको निर्माण गरेका थिए । उनको चाहना बिशाल भारतको निर्माण गर्नु थियो ।
सन १९१७ देखी १९२४ सम्म अहमद नगरको पहिलो भारतीय निगम आयुक्त पनि रहेका पटेल १९२४ बाटै १९२८ सम्म सो नगर निगमको निर्वा्चित अध्यक्ष पनि बनका थिए ।
भनिन्छ उनैले भारतीय प्रसाशनिक सेवा र पुलिस सर्विसको निव राखेका थिए । उनलाई भारतमा लोह पुरुषको रुपमा चिनिन्छ । सन १९९१ मा भारत सरकारले उनलाई भारत रत्नद्वारा सम्मानित भएका थिए । उनको ७५बर्षको उमेरमा भारतको आजादीको तेस्रो बर्ष १५ दिसंबर १९५० मा मृत्यु भएको थियो ।
अहिलेसम्म सबै भन्दा अग्लो प्रतिमाको रुपमा चीनमा रहेको रिप्रंग टोपल बुद्धलाई मानिन्थ्यो, जो १५३ मिटरको अग्लो रहेको छ । त्यस्तै लक्यून सेटक्यार म्यांमार ११६ मिटर, उसुकु दायबुत्सु जापान ११० मिटर, स्टैच्यू आाफ लिर्विटी अमेरिका ९७ मिटर, द ग्रेट बुद्ध थाईलैण्ड ९१ मिटर, द मदर लैण्ड कार्ला रुस ८७ मिटर बिश्व रिकार्डमा रहेका छन् ।
अहिले ‘स्टैच्यू आाफ यूनीटी’ले सरदार बल्भभाई पटेलको १८२ मिटर अग्लो प्रतिमाले सबै प्रतिमाहरुको रिकार्ड तोडेको बताइएको छ । यसको आधारशिला ३१ अक्टुबर २०१३ मा राखिएको थियो, जो अहिले बनेर तैयार भएको हो ।
भनिन्छ उनी भारतको एकिकरणका अग्रदूत थिए । उनले स–साना देशलाई मिसाएर बिशाल भारत निर्माण गर्ने सपना देखेका थिए । उनले हिमालयसम्म आफ्नै देश ठानेका थिए । ज्वहारलाल नेहरुको कार्याकालमा पटेल उपप्रधान मन्त्रि भएका थिए । वर्तमान भारत सरकार पनि उनका बाँकि रहेका महत्वाकांक्षाहरुलाई पुरागर्ने पदचिन्हमा हिंडेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here