कोचिन, २५ नोभेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समितिका पूर्व अध्यक्ष तथा दक्षिण भारत क्षेत्रीय सदस्य नर बहादुर विकलाई समारोह बीच विदाई गरिएको छ । विक सदाको लागि स्वदेश फर्किने भएकोले विदाई गरिएको हो । विकलाई खादा फुलमाला र अबिर लगायर बिदाई गरियको थियो ।
नरबहादुर बिक बिगत २२ बर्ष देखि कोचिनमा कार्यरत हुनुहुन्थ्यो । लामो समयदेखि भारत स्थित नेपालीहरुको अबिभाबकिय सङ्गठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा आबद्द भई विभिन्न जिम्मेवारी बहन गर्दै आउनु भएका विकलाई सम्मान स्वरुप आयोजना गरिएको सो सभाको अध्यक्षता नगर अध्यक्ष जुगराज राहुँ मगरले र सञ्चालन सचिव जनक बिसीले गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुलाई शेरबहादुर बिकले स्वागत गर्नुभएको थियो । स्वागत गीत सपना बुढामगरले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा नगर अध्यक्ष जुगराज राहु मगर, उपाध्यक्ष रमेश नागरी, कोषाध्यक्ष गणेश पौडेल, सह सचिव बाबुराम केसी, सदस्य रिखेन्द बिसिले शुभकामना दिंदै नरबहादुर विकले भारत प्रवासमा सिखेको सीप र ज्ञानलाई आफ्नै देशमा गरिखाने वर्गको पक्षपोषणका लागि केन्द्रीत गर्ने आशा व्यक्त गरेका थिए ।
विदाई कार्यक्रममा विकले जनताको पक्षमा काम गर्ने प्रतिबद्धता प्रकट गरेका थिए । आगामि दिनमा भौतिक रुपमा केही टाढा भयपनि बिचार सिद्धान्तमा सँगसंगै रहने समेत विकले बताए ।
त्यस्तै कलिमाया थापा, जानकि बिसी, वीरबहादुर रैका, प्रेम बिक, जगत राहुमगर, भक्त राम क्षेष्ट, भक्तबहादुर रोका, रमेश ओड, यामप्रसाद थापा, गोबिन्द नेपाली, नारायण बिसी, भिमबहादुर बिसी, नुमलाल न्यौंपाने लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।