रेशम रोका मगर
(प्रदेश भुमी कतारबाट)
एमाले जनयुद्धका उपलब्धी र पहिचान विरोधी पार्टी भएको भन्ने एमाओबादीका निबर्तमान अध्यक्ष प्रचण्डले एकता गर्न जानु महाभुल गरेका छन् । उनले एमालेसँग एकता गरेर माओवादी नै विलय गराए भन्दा फरक नपर्ला । आफ्नो ब्याक्तिगत निहित स्वार्थको लागि १०बर्ष शषस्त्र द्वन्द्वको तिलान्जली दिइसकेका छन् ।
पार्टी एकता पछि धर्मकर्म तिर ब्यस्त प्रचण्डले भनेका छन्– बिगतमा भएको गल्तीको प्रायश्चित गर्दै पाप पखाल्न एकता गरेको हो । इतिहासबाटै नामोनिसान मेटेर राजनीतिको पाप पखाल्ने यो कस्तो राजनीति हो ?
यो अहिलेको टड्कारो कुरा हो । जहाँ हजारौंले मानिसहरुले ज्यान गुमाए, सयौं बिधवा भए, लालाबाला टुहुरा भए, हजारौं आमा बाबाको काख रित्याए । सयौं बेपत्ता पारेर शसस्त्र द्वन्द्वको नाममा उग्रवामपन्थी भड्काब, नबशंशोधनवाद हुँदै सिङ्गो राजनीतिलाई विलय गराएर दक्षिणपन्थी संशोधनवादी पार्टीमा गाभे ।
अब इतिहासमै नाम नरहने गरि पुर्ब एमाले र पुर्ब एमाओबादी बिलय हुनुमा कहिं न कहिं भारतीय बिस्तारवादको ठुलै ग्रेन्डडिजाएन भएको स्पष्ट भैरहेको छ । एकता पछि एमालेले फाइदै फाइदा लिए पनि एमाओबादी भने सम्पुर्ण रुपमा प्यारालाइसेस भएको छ ।
नामको मात्रै कम्युनिस्ट पार्टी नाम राखेर माक्र्सवाद लेलिनबाद माओबादको पथलाई छोडेर अगाडि पाइला चाल्दैछन् । बिचार र सिद्धांत बिहिन राजनीति बोकेर कहाँ पुग्ने ? त्यस्ले उत्पन्न गर्ने बोझ कहाँ बिसाउने ?
नेपालको तत्कालीन परिवेशमा समाजबाद उन्मुख हुँदै गर्दा समाजबाद आइसक्यो भनि भ्रामक कुरा लिएर असुन्तलित राजनीतिको खेतिले कस्तो प्रभाव पर्ला ? त्यो शसस्त्र द्वन्द्व कता गयो होला ?
घरघर सिहदरबारले लादेको करले कस्तो प्रभाव पार्ला ? जुन देश रेमिटेन्सको भरमा रास्ट्रको दैनिकी चलिरहेको छ त्यही देशमा विभिन्न नाममा जनता निचोरेर कस्को लागि राजनीति गर्ने ?