बार्सिलोनामा नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ

0
180

बार्सिलोना, स्पेन/ स्पेनको पर्यटकीय शहर बार्सिलोनामा रहेका नेपालीहरुले नेपाल भ्रमण वर्ष २०२०को सफल बनाउन प्रचारप्रसार अभियानको मंगलबार शुभारम्भ भएको छ ।

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् स्पेनको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा स्पेनमा क्रियाशील विभिन्न संघ संस्थाका नेतृत्व एवं बार्सिलोनामा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थिति रहेको थियो ।

बार्सिलोनाको आर्क दे ट्रुम पार्कमा नेपालको राष्ट्रिय झण्डा सहित भेला भएका नेपाली समुदायमाझ एनआरएनए स्पेनका अध्यक्ष देउकाजी गुरुङले मैनबत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।कार्यक्रममा  यूरोप उपसंयोजक मुक्त गुरुङले स्पेनका रहेका सबै संघसंस्थाहरू हालेमालो गर्दै नेपाल भ्रमण वर्ष २०२०को प्रचार प्रसारमा लाग्न आग्रह गर्नुभयो । कार्यक्रमको संचालन महासचिव उमराज (राज) ढकालले गर्नुभएको थियो ।

कार्यक्रमको उद्घाटन पस्चात बार्सिलोनाका केही स्थानहरूमा नेपालको राष्ट्रिय झण्डा फहराउँदै नेपाल भ्रमण गर्न आव्हान गरिएको थियो । सोही क्रममा स्थानीय कातालान भाषामा लेखिएको नेपाल भ्रमण वर्ष २०२०को पर्चा पम्पलेट बाडँदै नेपाल नेपालको भौगोलिक सुन्दरता, एवं नेपाली कला र संस्कृतिको बारेमा जानकारी समेत दिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here