बाग्लुङ सेवा समाज कतारको अध्यक्षमा पौडेल निर्वाचित

0
144

अमर पर्देशी, कतार।
बागलुङ सेवा समाज कतारको अध्यक्षमा सन्तोष पौडेल निर्वाचित भएका छन। समाजको शुक्रबार सम्पन्न एघारौं अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।

अधिवेशनले उपाध्यक्षमा टिका कार्की, सत्यकी प्रताप सिंह र उमानन्द शर्मा सचिवमा ईश्वर सापकोटा, सह सचिवमा बाबुराम गैरे, कोषाध्यक्षमा चेतन पुन र सह कोषाध्यक्षमा गोपाल थापालाई चयन गरेको छ ।

अधिवेशनको अवसरमा बनभोज एवं विविध साँस्कृतीक कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा कतारमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । नौमती बाजाले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here