बर्तमान सरकार ‘बडी दोकान, फिक्का पकवान’ साबित भईसकेको छ : खनाल

0
489

दिल्लीमा मूल प्रवाहको १७ औं सम्मेलन सम्पन्न

दिल्ली, २–३ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दिल्ली नगर समितिको १७ औं सम्मेलनरोहिणी सेक्टर ७ नाहरपुर स्थित अम्बेडकर हलमा भब्य रुपमा सम्पन्न भयो । सम्मेलनको उद्घाटन केन्द्रीय सचिव ठाकुर खनालले गर्नुभएको थियो ।

खनालले उद्घाटन मन्तव्यमा भारत स्थित नेपालीहरुका समस्या, मताधिकार एवं राष्ट्रियताबारे प्रस्ट्याउनु भयो । एमाले र माओवादी केन्द्रको एकता र वर्तमान कम्युनिस्ट सरकार ‘बडी दोकान, फिक्का पकवान’ साबित भएको बताउनु भयो । सरकारको नीति कार्यक्रम समाजवाद उन्मुख नभएर पूँजीवादीलाई नै टेवा पुर्याउने खालको भएको भएको खनालले टिप्पणी गर्नु भयो ।

“नयाँ जनवादी क्रान्ति बिना देशको विकास तथा नेपाली जनताको उन्नति हुदैन ।” खनालले भन्नु भयो “हिंजो बिस्तारवाद विरुद्ध सुरुङ युद्ध गर्नेहरु जसले एमालेलाई प्रतिक्रियावादी समेत भनेका थिए आज उनीहरु त्यही बाटो हुँदै साम्राज्यवाद बिस्तारवादको दलाली गर्दै वर्गसंघर्षको बाटो छाडी एमालेसँग पार्टी एकता गरेका छन् ।”

केहि कम्युनिस्ट ग्रुपले देशको परिस्थितिको मुल्यांकन बिना अराजक शैलीमा जनपरिषद् सञ्चालनको नाममा उग्र गतिविधि सञ्चालन गरेको समेत खनालले बताउनु भयो । वहाँले भन्नु भयो– “क्रान्ति कसैको रहरले हुने हैन ।”

एकोहोरो क्रान्ति र जनयुद्धको कुरा गर्दा त्यसको फाइदा प्रतिक्रियावादलाई नै पुग्ने खनालको ठहर रहेको थियो । “जनताको मौलिक अधिकार खोसेर दमन गर्ने, विदेशी शक्ति केन्द्रले चलखेल गर्ने सम्भावना हुन्छ । आत्मगत परिस्थिति र बस्तुगत परिस्थितिलाई नबुझी क्रान्ति र जनयुद्ध जस्ता चर्का नारा दिएर गरिएका हिंसात्मक गतिविधिले नेपाल र नेपाली क्रान्तिलाई नै नोक्सान पुगेको विगतको इतिहासबाट पाठ सिक्नु पर्ने छ ।” खनाले अगाडि भन्नु भयो– “हामीले देशको क्रान्तिकारी आन्दोलनमा देखापरेका दक्षिणपंथी एवं उग्रवामपन्थी गतिविधिको भण्डाफोड गर्दै अगाडि बढ्नु पर्ने आवश्यकता छ ।”

रामु शर्माको अध्यक्षता र बोम बहादुर बिकको सञ्चालनबाट अगाडि बढेको उद्घाटन कार्यक्रममा पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष लाल चन्द पंतले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रममा सहभागिहरुलाई प्रेम खनालले स्वागत गर्नुभएको थियो ।

१७ औं सम्मेलनले रामु शर्माको अध्यक्षतामा १३ पूर्ण ४ बैकल्पिक सदस्य ६ सल्लाहकार गरि २३ सदस्यीय दिल्ली नगर समिति चयन गरिएको छ । जस्मा: उपाध्यक्ष– चन्दु रायमाझी, सचिव– सुनिल थापा, सहसचिव– प्रेम प्रसाद खनाल र कोषाध्यक्ष– टीका पुन रहेका छन् । त्यस्तै सदस्यमा: हरि आले, बोम बहादुर बिक, शिवलाल थापा, विशाल खनाल, नारायण कुस्मेली, नरेन्द्र अधिकारी, फर्सबहादुर, राजेन्द्र सापकोटा बैकल्पिक सदस्यमा कमल प्रसाद भण्डारी, कमल बंजाडे, कृष्ण अर्याल र मन बहादुर रहेका छन् । त्यस्तै सम्मेलनले सल्लाहकारमा हरिश शाही, डोलराज शर्मा, प्रभा थापा, सुनिता शर्मा, रघु नाथ जोसी र एम पी हिताङलाई चयन गरेको छ । नव निर्वाचित समितिको घोषणा केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष लाल चन्द पंतले घोषणा गर्नुभएको थियो ।

प्रमुख अतिथि केन्द्रीय सचिव ठाकुर खनाल, केन्द्रीय सल्लाहकार तथा क्षेत्रीय सचिव बि शंकर, अखिल भारत नेपाली विद्यार्थी संघ केन्द्रीय कोषाध्यक्ष अजय रेश्मी, महिला क्षेत्रीय बिभागबाट सोनिया बेल्बासे, साँस्कृतिक बिभागबाट पहल सिंह परियार, जनजाति विभागबाट नरबहादुर रेश्मी लगायतले नवनिर्वाचित समितिले बधाई दिनुभएको थियो ।

त्यस्तै नई दिल्लीबाट शिव केसी, पुर्वी दिल्लीबाट चक्र सिंह केसी, ओखलाबाट विजय खनाल, फरीदाबादबाट बाबुराम बिष्ट, रोहतकबाट बलबहादुर बिक, अखिल (छैठौं) पर्वत जिल्ला युवराज हिताङ, राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगरपालिका सदस्य विनोद गैरेले नयाँ समितिलाई बधाई दिनुभएको थियो ।

सुनिल थापाको अध्यक्षता तथा राजेन्द्र सापकोटाको सञ्चालनबाट अगाडि बढेको सो घोषणा सभामा उपस्थित जनसमुदायलाई शाही र रक्तिमका कलाकारहरुद्वारा स्वागत गर्नु भएको थियो । कार्यक्रमको अन्तमा भव्य साँस्कृतिका कार्यक्रम प्रस्तुत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here