बढ्दै मानसिक रोगी, रोगको अवस्थाबारे सर्वेक्षण गरिने

0
264
3d art illustration of male active brain

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्वस्वास्थ्य सङ्गठनको आर्थिक एवं प्राविधिक सहयोगमा पहिलो पटक मानसिक रोगको अवस्थाका बारेमा सर्वेक्षण गर्ने भएको छ । मानसिक रोगका प्रख्यात प्रा डा डेभिड भिम्सेन्टले सो रोगका अवस्था पत्ता लगाउन विकसित गर्नुभएको सर्वेक्षण विधिद्वारा नेपालका सातवटै प्रदेशका ७७ जिल्लाका करीब ९५ हजार जनतासमक्ष प्रत्यक्ष रूपमा अन्तर्वाता गरी सर्वेक्षण गरिने परिषदले जनाएको छ ।

परिषदका अध्यक्ष प्रा डा अञ्जनीकुमार झाले सर्वेक्षणले नेपालमा मानसिक रोगको अवस्थाका बारेमा यथार्थ जानकारी आउने जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो पटक सन् १९९७ मा पहिलो पटक मानसिक रोगसम्बन्धी नीति तयार गरेको थियो । तर नीति कार्यान्वयन नहुादा एवं विनाशकारी भूकम्पका असर, विपद्का घटना वृद्धि एवं तनाव आदिका कारण मानसिक रोगीको संख्या वृद्धि भैराखेको बताइन्छ । पहिलो चरणमा प्रदेश १ र २ बाट सर्वेक्षण सुरु गरिनेछ । नसर्ने रोग मुटु, मिर्गाैला, क्यान्सरभन्दा मानसिक रोगको संख्या बढिरहेको बताइन्छ ।

हाल नेपालमा मानसिक रोगका विशेषज्ञ चिकित्सकको संख्या १४६ भन्दा बढी रहेको छैन । मानसिक रोगको अवस्थाबारे परिषदले दोलखा, भक्तपुर र धनुषाका एक हजार ६४७ मा हालै सम्पन्न गरेको नमूना सर्वेक्षणमा एक हजार ३१५ जनामा कुनै न कुनै मानसिक रोग भएको पाइएको थियो । नमूना सर्वेक्षण प्रस्तुत गर्दै परिषदका वरिष्ठ अनुसन्धान अधिकृत सुष्मा दाहालले तनाव, भूकम्पलगायत विभिन्न विपद्ले पारेका असर लगायतका कारणले मानसिक रोगीको संख्या बढेको जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here