- प्रेम गायक, बाग्लुङ
सुन कमाउने सुनार हुन रे दलित मध्य ठुलोजात।
फलाम पिट्ने कामी सॅग गर्छन भेदभाव।
नाङ्ग्लो बुन्ने नाङ्ग्ले अरे तामो पिट्ने टोंहोटा।
भाई भाईमा ठुलो सानो अतिभो यो त।
कामीमा नि दुई जात रैछन भैंसी खानी नखानी।
नखानीले खानिलाई रैछन होच्याउनी।
सुनार भन्दा कामी साना कामी भन्दा सार्कि दाई।
सार्कि दमाई सानो देख्छन गाईने हरुलाई।
गाईनेले नि वादीलाई सानो जात मान्दछन।
वादी भन्दा आफुलाई ठुलो ठान्दछन।
हामी बिचमै फुटाएर आफु ठुलो बनेका
हाम्रो नाम जुरायर दलित भनेका।
कोहि जन्मे मुख बाट रे हामी जन्मेउं पाउ बाट।
यस्ता कुरा गर्नेलाई खेजौं गाउॅ बाट।
कोहि जन्मेन तिघ्रा बाट कोहि जन्मेन पाउ बाट।
सबै मानव जन्मिएउं एउटै ठाउॅ बाट।
बिरोध गरौं अन्याय र रुडिवादी सॅस्कारको।
साथ् समर्थन जुटाउनु छ सारा सॅसारको।
विभेदकारी सॅस्कारलाई जरै देखी फाल्नु छ।
मुक्ति पाउन संघर्षको राॅको बाल्नु छ।
पाईदैन हक् अधिकार चुप लाई बसेर।
लड्नु पर्छ एकजुट भई कम्मर कसेर।