‘फासी’ अपराध नियन्त्रणका लागि समाधान होइन

0
176

मेघराज नेपाली, अफगानिस्तान

आज नेपाली समाज धेरै छाडा भएका जस्तो जोसुकैलाई लाग्नु स्वभाविक हो । चारै तिर हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार जस्ता अपराधजन्य घटनाहरु भइरहेका छन् । यो सब हाम्रो गलत शिक्षा दिक्षाबाट सुरुवात हुन्छ । मूल जरोभित्र किरा लाग्यो भने पातको उपचारबाट रुख बलियो राम्रो हुन सक्दैन । सामाजिक बातावरण र पाठशालाको सिकाइ नै बालबालिका भित्र संस्कार सभ्य मानव निर्माणको जग हो । जग नै खराब भयो भने घर कस्तो बन्ला ? यो हामीले कहिलै सोंचेका छौ ?

हाम्रो भाषाको श्रोत कुन हो ? हामीलाई हाम्रो भौगोलिक सामाजिक ईतिहास नैतिकवान बन्ने शिक्षा खै ? केवल फासी दिएर समस्याको समाधान हुन्छ भन्नु मुर्खता हो । यदी त्यसो हुन्थ्यो भने फासिको सजाय दियिने मुलुकभित्र अपराध सुन्य हुन्थ्यो होला । सजाय मात्रै पनि ठुलो कुरा होइन । नियम कानुन जस्तो बनाए पनि अपराध रोक्न सकिंदैन । मान्छेमा कुनै चिजको डर नहुनु वा अपराधको श्रोत कहाँ छ भनेर खोज्न जरुरी हुन्छ । अपराध न्युनिकरण गर्न शिक्षालाई बदल्न जरुरी हुन्छ । भर्खरको बालक जब स्कुल जान्छ उसलाई जस्तो पनि बनाउन सकिन्छ । ठीक त्यही किसिमको शिक्षा घरभित्रको पनि हुनु पर्छ । घर भित्रको पारिवारिक शिक्षा एकल परिवार होइन, सहगोलमा बस्ने मान्यजनको आदर सम्मान हाम्रो परम्परा थियो, त्यो भत्किये पछी आज कसैलाई कसैको डर छैन ।

सानो बालकलाई परिवार के हो ? गलत कामको सजाय कस्तो हुन्छ नैतिकवान आदर्शवान कसरी बन्न सकिन्छ ? सहयोगी मानवता स्वाभिमान भनेको के हो ? भन्ने कुरा घर भित्रबाट पाठशालासम्म सिकाउन नसक्नु नै आजको उदंड अराजक समाज निर्माणको यथार्त हो । हामी चुकेको यहीं हो ।

पश्चिमा कुसंस्कारलाई आफ्नो शिक्षा बनाउँदैमा बिकास हुन्छ भन्ने जुन सोंचको विकास हामीबाट भयो त्यो नै सबै भन्दा नराम्रो काम भयो । हाम्रो ईतिहास, हाम्रो समाज, हाम्रो नैतिकता, हाम्रो भाषा सम्बन्धी शिक्षा खै ? हामी कृषिप्रधान देशका नागरिक हामीलाई कसरी खेतीपाती गर्ने भन्ने ब्यवहारिक शिक्षा खै ? कृषिमा आधारित तमाम शिक्षा जस्तो किः मल उत्पादन, घास उत्पादन, बालिनाली फलफुल बनजङल सम्बन्धी शिक्षा र केवल किताबी मात्र नभएर सिपको तालिम खै ?

अँग्रेजी भाषा हाम्रो देशको भाषा होइन । भाषा भनेको संसारसँग सम्पर्कको लागि चाहिने एउटा माध्यम मात्र हो । तर हामीले के गर्यौं भने त्यो नै सम्पूर्ण चिज हो भनेर स्कुल कालेज घर भित्र पनि अँग्रेजीको पछी लाग्यौं । आज यसैको परिणाम हो कि हामी पतनको दिशामा पुग्यौं । हाम्रो भाषाको जननी संस्कृत भाषा हो । तर हामीलाई त्यो कसरी लेख्ने पढ्ने थाहा नै छैन । ईतिहास भुगोलको मात्रै नभएर पुर्खाको पनि हुन्छ, हामी मध्य कतीलाई थाहा होला पुर्खाको ईतिहास ? जडिबुटी जो आयुर्वेदमा प्रयोग हुन्छ जो औषधी हो । हाम्रै देशभित्र पाइन्छ तर हामीलाई जानकारी नै छैन । यसरी त हामी अज्ञानी मात्रै हुन्छौं । विश्व साम्राज्यवादको अधिन भित्र हामी बस्न वाध्य भएका छौं । पैसा उसकै, भाषा उसकै, धर्म उसकै, तकनिकी तालिम उसकै, नीति सिद्धान्त उसकै । हामी त परजिवी जस्तो भएका छौं ।

हिंजो आज धेरै जनसंख्या facebook भित्र झुण्डिएको हुन्छन् । मानौं कि facebook बिना बाच्नै नसकिने जस्तो भएको छ । अचम्मको अवस्था आयो एकजना ब्यक्ती अमेरिकाबाट सम्पूर्ण जगतलाई कजाएर बसेको छ । यो साम्राज्यवादी नीतिको कारण भएको हो । हामीले त्यसलाई चिर्न त्यसैको प्रयोगबाट गर्नु पर्ने अवस्था छ । किन कि हामीसँग हाम्रै कुनै चिज छैन । त्यसैले अब राज्यको पहिलो काम शिक्षालाई नेपाली समाज अनुकुल बनाउन जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here