- अवतारसिंह पास
तपाई फलामेे कारको आनन्द लिनुहुन्छ
मसँग फलामको बन्दूक छ
मैले फलाम खाएको छु
तपाई फलामको कुरो गर्नुहुन्छ
फलाम जब पग्लन्छ
तब भाप निस्कदैन
जब कोदालो उठाउनेहरुको मनबाट
भाप निस्कन्छ
तब फलाम पग्लन्छ
पग्लिएको फलामलाई
कुनै पनि आकारमा
ढाल्न सकिन्छ
कोदालोमा देशको भविष्य जडिएको हुन्छ
यो मेरो बन्दूक
तपाईको बैंकको सेफ;
र पहाडलाई उल्टाउने मशीनहरु,
सबै फलामका छन्
शहरदेखि सुनसानसम्मको प्रत्येक अन्तर
बहिनीदेखि वेश्यासम्मको प्रत्येक महशुस
मालिकदेखि नोकरसम्मको प्रत्येक नाता
अध्यादेशदेखि कानूनसम्मको प्रत्येक यात्रा
शोषणतन्त्रदेखि इन्कलावसम्मको प्रत्येक इतिहास
जङ्गल, कोठी वा झुपडीहरुदेखि लिएर महलसम्म
प्रत्येक सिढी सबै फलामका छन्
फलामले धेरै समय प्रतिक्षा गरेको छ
कि फलाममाथि निर्भर मानिसहरु
फलामका पातहरु खाएर
आत्महत्या गर्न छोडिदेऊ
मशीनहरुमा अड्किएर घाँस झैं उम्रनेहरु
हराएकाहरुका श्रीमतीहरु
फलामको कुर्सीमा बसेका हकवालाहरुसित
कपडासम्म स्वयं उतार्नको लागि मजबुर नहोऊ
तर आखिर फलामलाई
पिस्तौल, बन्दूक र वमको
रुपधारण गर्नुपर्दछ
तपाई फलामको चम्काईबाट र्तिमिराएर
आफ्नो छोरीलाई श्रीमती सम्झन सक्नुहुन्छ
तर म फलामको आँखाबाट
मित्रको अनुहार लगाएको दुश्मन
पनि चिन्न सक्दछु
किनभने मैले फलाम खाएको छु
तपाई फलामको कुरा गर्नुहुन्छ ।