प्रशिक्षण कार्यक्रम सम्पन्न

0
265

चंडीगढ, १६ सितम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत चंडीगढ नगर समितिले १ दिने प्रशिक्षण कार्यक्रम भव्य र सानदार रुपमा सम्पन्न पारेको छ ।

समाजका केन्द्रीय उपाध्यक्ष कपिल खनालको प्रमुख आतिथ्यतामा सो प्रशिक्षण कार्यक्रम नगर सचिव तेजबहादुर रोकाको सञ्चालनमा नगर अध्यक्ष मानबहादुर केसीको अध्यक्षतामा सम्पन्न प्रशिक्षणमा विभिन्न अतिथिहरुको आशन ग्रहण पछि ज्ञात अज्ञात शहिदहरुप्रति १ मिनट मौनधारण पश्चात लिला विकले स्वागत गर्नुभयको थियो ।

सो प्रशिक्षण क्लासमा उपाध्यक्ष कपिल खनालले भारतस्थित नेपालीहरुको बारे, धर्म र समाज बारे संगठनात्मक पद्धती बारे लगायतका विषयहरुमा र केन्द्रीय सदस्य दिनेश खडकाले विश्व दृष्टिकोण बारे प्रशिक्षण दिनुभएको थियो ।

सो प्रशिक्षण कार्यक्रममा केन्द्रीय सलाहकार तिलक पौडेल, क्षेत्रीय सदस्य प्रेम आचार्य, नेपाली समाचारका खिमराज चालिसे, समाता विभागका वीनु नेपाली, महिला क्षेत्रीय विभागकी सचिव जुना चालिसे, विद्यार्थी विभागका विष्णु वेल्वासे, एडवोकेट माधव पोख्रेल, जनजाति विभागका थमन थापा, रक्तिम विभागका दुर्गा विक, खेल विभागका शमशेर केसी लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

नागपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नागपुर नगर समितिको आयोजनामा तीजि कार्यक्रमको सन्दर्भमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरब रेग्मीले महिला अधिकार, मूल प्रवाह र देशको समसामयिक बिषयमा प्रशिक्षण दिनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here