प्रशिक्षण कार्यक्रम सम्पन्न

0
421
नई दिल्ली, १५ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समिति अन्तर्गत जनजाति र समता विभागको केन्द्रीय स्तरको २ दिने प्रशिक्षण कार्यक्रम सम्पनन भएको छ । शेर बहादुर थापाको अध्यक्षता र शेर बहादुर विकको सञ्चालनबाट अगाडि बढेको सो समापन समारोहमा प्रशिक्षक मनोज भट्ट, राजेश विक, मूल प्रवाहका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसी, नेपाली समाचार साप्ताहिकका धनवीर पुन, जनजाति विभागका भिम बहादुर थापा लगायतले आतिथ्यता तथा शुभकामना मन्तव्य दिनु भएको थियो ।
त्यस्तै मूल प्रवाहका केन्द्रीय सचिव ठाकुर खनाल, सदस्य नारायण शर्मा, दक्षिण भारतबाट चन्द्र बहादुर थापा, पश्चिमोत्तर क्षेत्रबाट रेशम विक, सुदुर पश्चिमोत्तर क्षेत्रबाट मदन थापा, हिमाचल राज्य समितिबाट दुर्गा तामाङ, मध्य पश्चिमोत्तर क्षेत्रबाट कृष्टि राई लगायतले समापन समारोहमा मन्तवय राख्नु भएको थियो ।
दुई दिनसम्म चलेको सो प्रशिक्षण कार्यक्रममा जाति, संघीयता, तात्कालिक राजनीतिक परिस्थिति, जनजाति समस्या, नस्ल लगायत विभिन्न विषयमा प्रशिक्षण दिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here