हिसार, १ जनवरी । भारतस्थित नेपालीहरुको छाता संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको लोकप्रियता दिन प्रतीदिन जनजनको विचमा वढिरहेको छ । यसै संदर्भमा विभिन्न संगठनहरु छोडी मूल प्रवाहमा लामवद्ध हुने शिलशिला पनि दिनप्रतिदिन वढदै गइरहेको छ ।
नयाँ वर्ष २०१९ को आगमन संगै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति हिसारले सदस्यता वितरण अभियानको सन्दर्भमा लामो समयदेखि प्रवासी नेपाली संघ भारत माडल टाउन प्रासक सह–सचिवको पदमा कार्य गर्दै आउनु भएका दान कुमार थापा मूल प्रवाहमा प्रवेश गर्नुभएको छ ।
थापा पैयु गाउँपालिका वाड नं ५ पर्वत जिल्ला निवासी हुनुहुन्छ । थापाले ०१ जनवरी २०१९ को दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गर्नुभयको हो । मूल प्रवाहका नगर सचिव तारा सोमरे र नगर सदस्य बल बहादुर थापाको उपस्थितिमा मूल प्रवाहको बिधान, नीति, सिद्धान्तलाई स्वीकार्दै प्रवासी नेपाली हकहितमा आफु निरन्तर लाग्ने प्रतिवद्धता थापाले गर्नुभएको छ ।