हिसार । राष्ट्रिय जनमोर्चाका पूर्व सांसद हरि आचार्यले प्रवासी नेपालीहरुलाई मताधिकार र समानुपातिक प्रतिनित्वको व्यवस्था हुनु पर्ने बताउनु भएको छ । नेता आचार्यले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिको १५ औं नगर सम्मेलन उद्घाटन मन्तव्यको क्रममा सो अभिव्यक्ति दिनु भएको हो ।
‘राष्ट्रियतको रक्षा गरौं, भारतस्थित नेपालीहरुको सुरक्षा गरौं, आ–आफ्नो स्थानबाट मताधिकार र संसदमा प्रतिनिधित्वको आवाज सहित नगर सम्मेलन अभियान सफल पारौं’ भन्ने मूल नारा अन्तर्गत शुरु भएको सो सम्मेलनको प्रमुख अतिथि आचार्यले भने “देशमा कैयौं परिवर्तन भए तर प्रवासी नेपालीहरुलाई परिवर्तनसँगै विर्सिने काम भयो ।” नेपालका ठूला राजनीतिक पार्टीहरुले ‘काम सर्यो दु:ख विस्र्यो’ भन्ने नेपाली उखानको चरितार्थ गरे बताउनु भयो ।
देशको वर्तमान राजनीतिक परिस्थितिको बारेमा बोल्दै आचार्यले देशमा वामपन्थी सरकार भएरता पनि राष्ट्रियताको खतरा भने कायमै रहेको बताउनु भयो । हालै भारत भ्रमणको सन्दर्भमा ओली–मोदी बीच भएका १२ बुँदै संयुक्त प्रेस विज्ञप्तीमा नेपालमाथि कैयौं घात गरिएको समेत वहाँले बताउनु भयो ।
सम्मेलनलमा विशिष्ट अतिथि अखिल नेपाल किसान संघका केन्द्रीय अध्यक्ष भैरवराज रेग्मीले संगठनमा अनुशासन र पदिय जिम्मेवारीका बारेमा बोल्नु भएको थियो ।
बसन्त बहादुर दर्लामीको अध्यक्षता तथा आत्माराम न्यौंपानेको सञ्चालनबाट अगाडि बढेको सो उद्घाटन समारोहमा उपस्थित जनसमुदायलाई तारा बहादुर सोमरेले स्वागत गर्नुभएको थियो ।
मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनाल, सल्लाहकार त्रिभुवन भट्टराई, देवीप्रसाद पौडेल, महिला क्षेत्रीय विभागकी डोलमाया, सुनिता भट्टराई, राजमो पाल्पाकी लक्ष्मी दर्लामी, नगर समितिका हुमकान्त अधिकारी लगायतले आतिथ्यता तथा शुभकामना मन्तव्य दिनुभएको थियो ।
घोषणा सभा
२२ अप्रेलका दिन हिसार नगर समितिको १५औं नगर सम्मेलनको घोषणा सभा भव्यरुपमा सम्पन्न भएको छ । देवी प्रसाद पौड्यालको अध्यक्षतामा तथा आत्माराम न्यौपानेको सञ्चालनमा सम्पन्न समारोहमा नेपाल किसान संघका केन्द्रीय अध्यक्ष भैरवराज रेग्मी, पुर्व सभासद एवं मुल प्रवाह केन्द्रीय सल्लाहकार हरि आचार्य, केन्द्रीय समितिका उपाध्यक्ष कपिल खनाल, सल्लाहकार तिलक पौडयाल, सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिका सचिव, त्रिभुवन भट्टराई, कोषाध्यक्ष दिनेश खड्का, सदस्य कृष्ण बराल, जनजाति विभागका राम बहादुर पुन, समता विभागका बिनु नेपाली, महिला क्षेत्रीय विभागकी श्रीमती सुनिता भट्टराई लगातयको आतिथ्यता रहेको थियो । अतिथिहरुको आशन ग्रहण पश्चात वसन्त वहादुर दर्लामी र कलाकारहरुले उपस्थित जनसमुदायलाई स्वागत गर्नु भएको थियो ।
१५ औं सम्मेलनले बसन्त बहादुर दर्लामीको अध्यक्षतामा १९ पुर्ण ५ वैकल्पिक सदस्य र ७ सल्लाहकार गरि ३० सदस्यिय हिसार नगर समिति निर्वाचित गरको छ : जसमा: अध्यक्ष– वसन्तबहादुर दर्लामी, उपाध्यक्ष– चन्द्र प्रसाद गैरे, सचिव– तारा बहादुर सोमारे, सहसचिव– बावुराम शर्मा र कोषाध्यक्ष– हुमकान्त अधिकारी रहेका छन् । त्यस्तै सदस्यहरु क्रमश : कृष्ण पोख्रेल, नन्द बहादुर लमतरी, निरु सारु, ओम प्रकाश तिवारी, ढाल बहादुर कार्की, सुरेस क्षेत्री, हरि प्रसाद डुम्रे, श्याम बिक, नारायण विक, जोगेन्द्र दर्लामी, केयर सिंह घर्ती मगर, आत्मराम न्यौपाने, कुलानन्द धमाला, योगेन्द्र दर्लामी, बैकल्पिक सदस्यहरुमा रामु शर्मा, लालबहादुर चुदाली, यमलाल पौडयाल, दुर्गा तिवारी र शंकर पाण्डे रहेका छन् र एक स्थान रिक्त रहेको छ । त्यस्तै सम्मेलनले देबि प्रसाद पौडेल, अर्जुन गैरे, खडक बिक, वीर सिंह पाण्डे, बल बहादुर थापा र कृष्ण पौडेललाई सल्लाहकार चयन गरेको । घोषणा सभामा क्षेत्रीय सचिव त्रिभुवन भट्टराइले नवनिर्मित समितिको नामवली घोषणा गर्नु भएको थियो ।
अतिथि आसन ग्रहण गर्नु भएका सम्पूर्ण अतिथिहरु लगायत श्रीमति निरु सारु, खिमराज पोख्रेल, प्रेम आचार्य, बुद्दी आचार्य, शंकर गौतम, राम प्रसाद खनाल, राष्ट्रिय जनमोर्चा पाल्पा जिल्लाकी लक्ष्मी दर्लामीले सो नवनिर्वाचित समितिलाई वधाइ तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।
सम्मेलनको अन्त्यमा रक्तिमका कलाकारहरुले जनवादी गित तथा नृत्य प्रस्तुत गरेका थिए ।