प्रदेशबाट आमालाई चिठी

0
220

आमा ढोग छ । सम्पुर्ण घर परिवार छर छिमेकीहरु सबैलाई ढोग छ । तपाईंहरु त्यहाँ सन्चै आरामै हुनुहोला । दुःखको कुरा आज एक महिना भन्दा बढी भयो नोकरी छैन । धन्दा ब्यापर छैन । आमा आज म लगायत लाखौं लाख छोराछोरीहरु प्रवासमा अलपत्र परेकाछौं । कैयौं आमाका छोराछोरीहरु खान बस्न नपाएर अलपत्र परेका छन् । लाखौं नेपालीहरु आफ्नै देश भित्र जानको लागि तड्पिरहेका छन् । कयौं नेपालीहरु सिमनामा अलपत्र परेका छन् । आमा कयौ नेपालीहरु क्वारेन्टाइन र आइसोलेसनमा बसेका छन्  त कयौं नेपालीहरु एउटा सानो कोठामा जेलमा जस्तै जिबन बिताइरहेका छन् । आमा हजारौं नेपालीहरु भोकभोकै छन । आमा हजारौं नेपालीहरुले आज तपाईंहरुलाई फेसबुक मार्फत सम्झी सम्झी भक्कानिएका छन् । आमा अब हाम्रो भेट हुने हो कि होइन केही थाहा छैन । आमा नेपालमा पनि कोरोना संक्रमण बढ्दै गएको छ भन्ने समाचार संचार माध्यमबाट सुनेको छु । यस्तो समयमा चाहेर पनि घर फर्कन सकेका छैनौ। यहाँ कोरोनाका कारण हजारौं मानिसहरुको ज्यान लिइसकेको छ । मर्नेक्रम पनि जारी छ । आमा म बसेको देस भारतको मुम्बईमा दिन प्रतिदिन मानिसहरुको मृत्यु भइरहेकाे छ । दिनप्रतिदिन कोरोनाको संक्रमण उकालो लाग्दै छ । आमा आफ्नो ख्याल राख्नु होला । आमा आज मात्र होइन हामिले सधैं सम्झिरहेका छौ । हाम्रो चिन्ता नलिनु होला । धैर्य रहनुहोला । आमा नमन छ । आमा तिमि महान छौ आमा आमा आमा
उहि तपाईं को छोरा ।

–टंक कुँवर, मुम्बई  भारत।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here