प्यारी मेरी दिदी तिम्ले यसपाली नि फेरि
उन्दै माला सयपत्रीको मेरै बाटो हेरी
सप्तरंगी टीका पनि किनी ल्याकि छौ रे
आगनको डिलमा बसी एक्लै टोलाईछौ रे
तलबाट झोला बोकि आको देख्दा कोही
झस्किहोउली पटक-पटक हो कि मेरो भाई
पोहोर साल नि बाटो हेर्यौ आउँछ भाई भन्दै
साहुको रिणले छेक्यो बाटो बसें दिन गन्दै
मुटु जस्तो प्यारो तिम्रो भाई यतिखेर
विवस छ परदेशको गल्ली कुर्न हेर
भोक, तिर्खा, निन्द्रा छैन बिरानो यो ठाउँ
भक्कानिन्छ मुटु मेरो संझिदा त्यो गाउँ
टिलबिल आासु नबनाउनु दिदी तिम्ले आज
बिवशताको तगारोले छेक्यो हामी माझ
उर्लि आउँदा यादहरु बिगतका ति पल को
रून्छ मन, झर्छ आसु आउँदा तिम्रै झल्को