प्रथम आधारशीला कप अन्तरकलेज बास्केटबल प्रतियोगिता हुदैं 

0
549
काठमाडौं १६, चैत्र 
आधारशीला कलेज नयाँबजार काठमाडौंको आयोजनामा “प्रथम आधारशीला बास्केटबल प्रतियोगिता २०७४” हुने भएको छ । सो कुराको आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
नेपाल खेलकुद पत्रकार मन्चको सभाहलमा आयोजित कार्यक्रममा वितरित वक्तव्यमा भनिएको छ ः  आधारशीला कलेज शिक्षाको क्षेत्रमा लामो समयदेखी योगदान पु¥याउँदै आउनुभएको अनुभवि व्यक्तित्व तथा समाजका विभिन्न क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल शिक्षा सेवीहरुको पहलमा २०७१ सालमा नयाँ बजार काठमाडौंमा स्थापित भएको हो । “थ्यगच ँगतगचभ क्तबचतक ज्भचभ” नारा लिएको यस कलेजले त्रि।वि। बाट सम्बन्धन प्राप्त गरी व्यवस्थापन र मानविकी संकायतर्फ बि।बि।एस। तथा बि।एस।डब्लु। कार्यक्रम संचालन गर्दै आइरहेको छ । देशको लागि दक्ष तथा राष्ट्रप्रति समर्पित जनशक्ति उत्पादन गर्ने उद्देश्य सहित कक्षा कोठामा गरिने अध्ययन अध्यापनका साथै विद्यार्थीहरुलाई विविध रचनात्मक क्रियाकलापहरुमा सहभागी गराउने काममा हाम्रो ध्यान जाने गरेको छ ।
 यसै सन्दर्भमा विद्यार्थीहरुलाई खेलको माध्यमबाट उनीहरुको शारीरिक, मानसिक तथा बौद्धिक क्षमता विकास गराउने उद्देश्यले “आजको युवाको इच्छा, खेलकुद र शिक्षा” भन्ने मुल नाराका साथ “प्रथम आधारशीला कप अन्तर कलेज बास्केटबल प्रतियोगिता–२०७४” मिति २०७४ चैत्र २२ र २३ गते सम्पन्न हनुे कुरा आज यस पत्रकार सम्मेलन मार्फत घोषणा गर्दछौं ।“
पत्रकार सम्मेलनमा आयोजकको तर्फबाट प्रतियोगित संचालन समितिको संयोजक रघुनाथ पौडेलले दिएको जानकारी अनुसार उपत्यकामा संचालिन अन्तर कलेज स्तरिय टिमको सहभागिता रहनेछ । नकआउटका आधारमा संचालन हुने प्रतियोगिता कलेजको आफ्नो कोर्ट नयाँबजार नर्सरी चोकमा सम्मपन्न हनुेछ । प्रतियोगितामा प्रथम हुने टिमले रु। ३० हजार र द्धितियले १५ हजार का साथै कप र मेडल प्राप्त गर्नेछन् । प्रति टिम  ३ हजार ५ सय दर्ता शुल्क तोकिएको प्रतियोगितामा सहभागिताको लागि चैत १८ गते साझ ४ बजे सम्म समय तोकिएको खेलको खेल तालिका चैत्र २० गते साझ ५ बजे पछी प्रकाशित गरिने पनि पौडेलले जानकारी गराए ।
कलेजका अध्यक्ष भोला ढकालको अध्यक्षता र आयोजक समितिका सदस्य विष्णुहरी देवकोटाको संचालनमा अगाडी बढेको कार्यक्रममा क्याम्पस प्रमुख समिर सिंहले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here