- रेशम रोका मगर, कतार
काठमाडौं । लेनिनले भनेका थिए कि “देब्रे अती र दाहिने अती” । भन्न खोजे को कुरा देश बनेन भनेर सत्वसराप गर्ने हामी नेपालीले यति पनि बुझन सकेका छैनौं । नेता र जनता दुबैले देश बिगारेको हो । सबैले भन्छन् देश बर्वाद भयो । तर कसरी बर्वाद भयो थाहा छैन ?
सबैले भन्ने गरेको जवाफ हो, नेताहरुले देश बिगारे यो पुर्ण सत्य होइन । पुर्ण सत्य यो हो, कसैले देशमा हावाबाट बिजुली ल्याउन खोजे, पानी जहाज ल्याउन खोजे, कसैले स्विजरलेण्ड, सिङ्गापुर बनाउन खोजे, पत्यायौं । त्यसैले हामी पत्याउने जनताले पनि देश बिगार्नुमा कम जिम्मेवारी छैनौं । नेपाललाई नेपालै बनाउने मान्छेको जरुरत थियो ।
सेप्टेम्बर ११ को पेन्टागन हमला पछि अमेरिकाले बदलामा इराक, अफगानिस्तान लगायतका देश माथि आक्रमण गर्दा पाँच लाखभन्दा बढी निर्दोष नागरिक मारिएको तथ्यांक सार्वजनिक छ । त्यहाँ पनि पत्याउने हामी । मानबअधिकार र प्रजातन्त्रको सबै भन्दा बढी दुहाइ दिने अमेरिकाले गर्व गर्ने भनेको हत्याको विरुद्द हत्या गरेरै त रहेछ ।
अहिले नेपालमा कम्युनिस्ट सरकार छ भनेर पत्याउने हामी । अन्ततः गजबको कूरा त के छ भने, संसदीय राजनीतिको जत्था नोकरशाहीमा पतन भएको एउटै ठाउँमा पुग्छ र क्रान्तिकारी लाइन र नेतृत्वमाथी हमला गर्छ । तर त्यसको बर्गिय चरित्र देख्दा एउटा खतरनाक पुँजीवादी भन्दा कम लाग्दैन अझै हामी भन्छौं, देश समाजवादको दिशामा गइरहेको छ । क्रान्तिकारी पार्टी र आन्दोलनको हकमा त यो लागु हूने नै भयो । समाजवादी मुलुकहरुको चरित्र कस्तो हुन्छ ? कहिलै अध्ययन गरेनौं र सधैं झोले, हनुमाने र अनुमाने भइरह्यौं ।
औंशीको रातले बिहानीको झुल्के घामलाई सधैं छोपिरहने छैन, एकदिन सच्चाई अगाडि आउने छ आकाशको कालो बादल एकदिन बर्षिने छ र निलो आकाशले आफ्नो मुहार देखाउने छ । राजनैतिक रुपमा भन्ने हो भने सर्वहारा वर्गको अबको क्रान्तिकारी सुत्र चाहिँ परिवर्तन गर्दै यस्तो हुनुपर्छ अर्थात राष्ट्रियता, समृद्दी, समाजवाद, वर्ग संघर्ष, शसस्त्र संघर्ष अनी साम्यवाद । “अतितमा गरेको कामको ब्याजमा होईन, वर्तमानमा गरिने त्याग र योगदानले मात्र कम्यूनिष्टले आफ्नो औचित्य सिद्ध गर्नूपर्दछ ।”