प्रजनन स्वास्थ्य सुदृढ गर्न श्रोत परिचालन सम्बन्धी कार्यशाला

0
392

दाङ । नेपाल परिवार नियोजन सङ्घ दाङ शाखाको आयोजना र वन तथा वातावरण संरक्षण समन्वय समिति गढवाको सहकार्यमा २०७४ भाद्र १ गते देउखुरीको गढवामा प्रजनन स्वास्थ्य सेवा सुदृढीकरणका लागि श्रोत परिचालनसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । वन तथा वातावरण संस्था गढवाका अध्यक्ष उमाकान्त पन्तको अध्यक्षतामा भएको कार्यशाला गोष्ठीमा नेपाल परिवार नियोजन सङ्घ दाङका प्रमुख बसन्त खनालले कार्यक्रमबारे जानकारी गराउनु भएको थियो ।

गढवा गाउँपालिका वडा नं। ६ का वडा अध्यक्ष बालचन्द्र हमाल, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का राम प्रसाद गैरे, नेपाली काङ्ग्रेसका तेज प्रसाद न्यौपाने, सङ्घीय समाजवादी फोरम नेपालका जगतराम यादव, राष्ट्रिय जनमोर्चा गढवाका कपिलदेव खनाल, गढवा गाउँपालिकाका स्वास्थ्य संयोजक लोकराज पौडेल, देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष गिरीराज भट्ट, वन महासङ्घ गढवाका अध्यक्ष नवराज शर्मा लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा नेपाल परिवार नियोजन सङ्घ दाङले विगत आठ वर्ष अघिदेखि देउखुरी उपत्यकामा रहेका चार वटै स्थानीय तहका विभिन्न क्षेत्रहरूमा स्वास्थ्य सेवाप्रति सचेतना जगाउँदै स्वास्थ्योपचारमा प्रेरणा दिने र यौन तथा प्रजनन स्वास्थ्यका बारेमा सचेतना प्रवाहसँग स्थानीय सेवा प्रवाह गर्ने गरेको कार्यक्रममा जानकारी गराइएको थियो । यसका साथै देउखुरी गढवाको मानपुर र गङ्गापरस्पुर, लमहीको सोनपुर तथा दाङ उपत्यकाको तुलसीपुरमा स्वास्थ्य क्लिनिकहरू सञ्चालन गर्दै आएको जानकारी गराइएको थियो । परियोजनाको यही डिसम्बरबाट फेजआउट हुने भएकाले कतिपय स्थानमा सञ्चालन भएका स्वास्थ्य क्लिनिकहरू नियमित सञ्चालन गर्न स्रोत परिचालनका बारेमा कार्यक्रममा छलफल भएको थियो । कार्यशालाको सहजीकरण नेपाल परिवार नियोजन दाङ शाखाका अनुगमन मूल्याङ्कन अधिकृत नवराज अधिकारी र कर्मचारी सन्जु भण्डारीले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here