प्रचण्ड कमरेड ! मेरी विरामी वृद्ध आमाको उपचार गर्न कहाँ जाउँ ?

0
247

– नबिन बस्याल

बिरामी हुँदा बोकेर अस्पताल ल्याउने स्ट्रेचर सम्म नभएका देशका अधिकांश भागका मानिसहरू
सामान्य उपचार समेत समयमा नपाउँदा सास रोकिने, अस्पतालमा उपचार गर्न लगेका बिरामी अस्पतालकै फोहोरको कारणले बिरामी हुने, आजको युगमा पनि देशको थुप्रै गाउँहरूमा एउटा बल्ब सम्म बाल्ने सुबिदा नभई अध्यारोमा जीबन चलाउन वाध्य हुने तर गरीब देशका धनी राष्ट्र नायकहरु भने बिलाशी र भड्किलो जीवनशैलीमा मोज गरिरहने कहिले सम्म ?  विभेद र असमानता उन्मूलन गर्छौं, देशलाई सुजरल्याण्ड जस्तै बनाउँछौं भन्दै जनतालाई अनेकन सपना देखाउने तर आफ्नी श्रीमतीको उपचारको लागि भने अमेरिका जस्तो सम्पन्न मुलुकमा लैजाने ?

आखिर जनतालाई दिएको परिवर्तनका आश्वासन र भाषण कति झूट के स्वार्थपूर्ण रहेछन भन्ने कुरा अब पनि नबुझे कहिले बुझ्ने जनताले ? सहिद परिवारले अझै आँशु बगाउदै छन, अपाङग्हरु छटपटाई रहेका छन । हजारौका जोडी बिछोडिएका छन । हजारौ दुधे बालक आमा-बाबु नै चिन्न नपाउँदै टुहुरा भएकाछन् । कयौं बाबुआमा सन्तान गुमाएर बुढेसकालमा साहराविहीन बनेका छन् । गरिवीले पील्सिएका जनतालाई देश परिवर्तनका सपना देखाएर आफु जंगलबाट काठमाण्डौको महलमा बस्ने सपना त पुरा गरे प्रचण्डले । उनको जीवन त फेरियो तर देश र जनताको अवस्था भने फेरिएन ।

आफुलाई धम्की आयो भन्दै उच्चस्तरीय सुरक्षा घेराभित्र बस्ने क. प्रचण्ड जनताका छोराछोरीको दिनदाहडै हत्या, बलात्कार हुँदा किन अशुरक्षा महसुस गर्दैनन् । यसको जवाफ चाहिएको छ । निर्मला हत्याकाण्ड जस्ता थुप्रै हत्याकाण्डका अपराधीहरु सुरक्षित छन् । अझै गुण्डागर्दी गरिरहेका छन । दोषी पत्ता लगाउने र कारवाही गर्ने दायित्व सरकारको  होईन । जस्का आमा बाबा  दिनरात आँशु पिएर बाँच्न विवश छन् ।

गरीबीको कारण स्कूल जाने उमेरका साना भाई बैनीहरु राजधानीका सडक र गल्लीहरूमा भीख मागेर खान र चिसोमा दिन बिताउन बाध्य भएका छन । कयौं बजारमा बालश्रम बेचिरहेका छन । दिन प्रर्तिदिन हजारौ युवा युवती बिदेशीन बाध्य भईरहेका छन । रोजगारीको खोजिमा बिदेश वाध्य युवा युवतीहरु जिबनको सुन्दर सपना सजाउन नपाउदै दिनहू एक राता बाकसमा फर्किने कहालीलाग्दो अवस्था कहिलेसम्म ? हजारौ चेली बेचिएका छन । कयौं अनाहकमै जेलमा परि मृत्युदण्डको जालबाट आफु बाँच्न चाहने शन्देश सहित मातृभूमिलाई गुहार मागी रहेका छन । कयौ चेलीहरु सार्वजनिक सञ्जाल मार्फत रवि लामीछने लाई खोजी गुहार मागी रहेका छन । कयौ बिद्यार्थीहरु ऑस्टेलियाबाट रवि लामीछानेसंग गुहार र मेनपावर लाई कारवाहीको माग र आफुले क्षतीपुर्ती सहित राम्रो coleege मा पढ्न पाउनु  पर्ने अधिकार खोजीको गुहार मागी रहेका छन । तर क. प्रचण्ड देश विकास गर्न, कुनै सामाजिक परिवर्तन गर्न, देशमा कलकारखाना,अस्पताल निर्माण खोल्न, स्कूल कलेज बनाउन होइन श्रीमतिको उपचार गर्न अमेरिका हप्ता दश दिनको लागी जादैछन ।

नेपालका अस्पतालहरूले उपचार नै गर्न नसकेर जीवन बचाउने अन्तिम उपायको लागि नि त होईन। आखिर अमेरिका नै जानुपर्ने किन ? कि नेपालमा उनको उपचार असम्भव नै भएको हो त? कि नेपालका अस्पतालहरू असक्षम हुन ? बताईदिनु कमरेड! अब म रोग र भोकले छटपटाईरहेकी मेरी आमाको उपचार गर्न कहाँ जाऊँ……..

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here