प्यारालाइसिसबाट पिडितलाई कुवेत नेपाली एकता समाजद्वारा सहयोग

0
168

कुवेत । राष्ट्रिय जनमोर्चाको वैदेशिक भातृ संगठन कुवेत नेपाली एकता समाजले अलपत्र परेका पिडितहरुलाई उद्धार कार्यमा सक्रियताका साथै कुवेतका सामाजिक संस्थाहरुसँग हातेमालो गर्दै आएको छ । यसै क्रममा अहिले बागलुङ जैमिनी नगरपालिका ९ घ्युरचौर निवासी नरबहादुर जिसी विगत केही समयदेखि प्यारालाइसिसबाट ग्रसित हुनुहुन्छ । राजनीतिक र समाज सेवामा सक्रिय जिसीलाई एकाएक प्यारालाइसिस लागेपछी नियमित उपचार गर्न आर्थिक अभाव भएको कारणले देशविदेशबाट सहयोगी मनहरुले सहयोग गर्दै आउनुभएको छ ।

त्यसै अनुरुप कुवैत नेपाली एकता समाजले पनि नर बहादुर जिसीको पृष्ठभुमी र योगदानलाई सम्मान गर्दै वहाँको उपचारको लागि थोरै भए सहयोग गरेर सहभागी बन्ने निर्णय गरि उक्त संगठनको केन्द्रीय समिति र सदस्यहरुबाट संकलित रकम १५००० नेपाली रुपैयाँ एक कार्यक्रमका विच सोही संगठनका केन्द्रीय सदस्य गोपाल नेपालीले हस्तान्तरण गर्दै वहाँको स्वास्थ्य लाभको कामना पनि गर्नुभएको थियो ।

उक्त हस्तान्तरण कार्यक्रममा जैमिनी नगरपालिका ९ की जनप्रतिनिधी विष्णकली दर्जी, राष्ट्रिय जनमोर्चाका वडा सचिव मेघराज शर्मा, शिक्षक राम पौडेल, प्र.अ. खगराज शर्मा र जनप्रतिनिधि लिला आचार्य लगायतको उपस्थित रहेको थियो ।

यसरी सानो भए पनि आर्थिक पिडितको उचाचार गर्नको लागि आर्थिक संकलन गर्नुहुने सम्पुर्ण सहयोगी हातहरुलाई हार्दिक धन्यावाद साथै कुवेत नेपाली एकता समाज सपरिवार प्यारालाइसिसबाट पिडित नरबहादुर जिसीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here