पोर्तुगल नेपाली एकता समाजको भेला सम्पन्न

0
309

पोर्तुगल, ८ जनवरी । पोर्तुगल नेपाली एकता समाजको भेला सम्पन्न भएको छ । भेलाले यही २०१९ भित्र अधिवेशन गर्ने ठेगान गरेको छ ।

राजमो पूर्व सचिव कृष्ण अधिकारीको आतिथ्यमा सम्पन्न भेलाले पुनः गोमनाथ सूवेदी अध्यक्षमा १७ सदस्यीय पोर्तुगल नेपाली एकता समाज केन्द्रीय समिति गठन गरेको छ । जसमाः उपाध्यक्ष– भूपाल शर्मा, सचिव– लक्ष्मण सापकोटा, कोषाध्यक्ष– बेल बहादुर कुँवर, सहसचिव– हरि पौडेल रहनुभएको छ ।

त्यस्तै सदस्यहरूमाः पूर्ण सापकोटा, ईन्द्रराज पाठक, खडानन्द बेलवासे, राजाराम सापकोटा, तेजेन्द्र अधिकारी, रन्जिता रेग्मी, शान्तराज रेग्मी, सावित्री पौडेल रहनुभएको छ । त्यस्तै भेलाले केशव गौतम, भिमराज अधिकारी, दीपक राना र प्रकाश पुनलाई सल्लाहकार चयन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here