- गोबिन्द राज पोखरेल
प्रदेश नं. ४ अर्थात गण्डकी प्रदेशका मुख्य मन्त्रि एवं नेकपाका नेता पृथिबी शुव्बा गुरुङले बेश्यबृति खुला गर्नुपर्ने र बेश्या बृति गर्न चाहनेलाई परिचय पत्र र रेडलाइट एरिया तोक्नेसम्मका विचारहरु ओकले । उनले यस प्रकारको अभिव्यक्ति आफनै मन बुद्धिले गरेका हुन । गत निर्वाचनमा उनलाई विकास र समृद्धिको लागी आम मतदाताले अत्यधिक मत दिएका हुन । उनलाई पुराना राजनीतिज्ञ, कम्युनिष्ट राजनीति बुझेका र जनताप्रति उत्तरदायी जिम्मेवार नेताको रुपमा चित्रित गरिन्थ्यो त्यसैले पनि उनले बोलेका सबै बाक्यहरु गम्भिर रुपमा चित्रण गर्नु पर्ने हुन्छ
पोखरा आफैमा पर्यटकीय सुन्दर शहर पनि हो । पोखराबाट अन्नपुर्ण बेसक्याम्प, घलेगाउा, फेवाताल, बेगनास ताल, रुपाताल, माछापुर्छे हिमाल, जोमशोम, मुक्तिनाथ आदि प्रशश्त मात्रामा पर्यटकहरुको लागी गन्तब्य स्थान छन । धार्मिक पर्यटकको लागी पनि गन्तब्य स्थान छ । प्राकृतिक सौन्दर्यताले भरिपुर्ण शहर आफैमा मनोरम स्थल पनि छ । अर्कोतर्फ बिभिन्न जाती जनजातीहरुको संगमस्थल उनीहरुको बसोबास रहन सहन, भेषभुषा, संस्कृति, परंपरा, खानपान आदिको लागी रसास्वादन गर्ने स्थल पनि हो ।
तपााइले देखेको पोखरा तरुनी तन्नेरीहरु मादक पदार्थ सेवन गरी झुम्दै गरेको , सबै होटलहरु यौन क्रिडास्थल बनेको देख्नु भएछ । मानब सभ्यता र संस्कृति भनेकै यौन क्रियाकलाप हो त्यसैले यसलाई बिकास गर्न खुलाक्षेत्र निर्धारण गर्नु पर्ने तपाइको मस्तिष्कले सुझायो । तपाइले पढेको माक्सवादी दर्शन यसैमा बिर्सजन हुन पुग्यो । गण्तन्त्र नेपाल , संघीय नेपालमा मानब सभ्यता अनि बिकास र समृद्धिको लागी सजिलो उपाय निकाल्नु भएछ पोखरालाई रेड लाइट सिटीको रुपमा बिकास गर्न । गणतन्त्र नेपालमा बिकास गर्नु पर्ने थुप्रै आधारहरु थिए । तपाइका अध्यक्ष एवं प्रधान मन्त्रिले चाइनाबाट रेल ल्याउने उदघोष गरेका छन । प्रत्येक घरघरमा ग्यासका पाइप लाइन बिच्छाउने घोषणा पनि गरे । अनि मेयरले उदघोष गरेका छन पोखरालाई स्मार्ट सिटी बनाउने, सम्पुर्ण तालतलैयाको संरक्षण , बाटाघाटाको सुदृढीकरण र प्रशष्त मात्रामा रोजगारीको अबसर श्रृजना गर्ने । तपाइ मुख्य मन्त्रि भएको प्रदेश ! खै तपाइले मोनोरेल चलाउने इन्जिनीयर तयार गर्ने खाका कोरेको ? पानी जहाज चलाउने इन्जिनीयर उत्पादन गरेको ? माइनींङ इन्जिीनीयर बनाएको ? त्यसको पुर्वाधार र अबस्थाको बारेमा समय खर्चिने समय निस्कियन ।
मैले तपााइको पार्टीको घोषणा पत्र पनि हेरें । १० बर्षमा ५० लाख पर्यटक भित्राउने उदघोष गरिएको छ । यसरी पर्यटक भित्राउादा बनाउनु पर्ने पुर्वाधारहरु धेरै छन जसको मुख्य भुमिका पोखराले लिन सक्दछ । त्यसको लागी चाहिने जनशक्ति निर्माण गर्नु पर्ने हुन्छ तर मुख्य मन्त्रिको मुख्य पुर्वाधार बनाउने एजेण्डा रेडलाइट एरिया हुन पुग्यो । बर्तमान अबस्थामा नेपालको व्यापार घाटा नौ खर्ब नौ अर्ब ३५ करोड ५१ लख पुगेको छ भनेर उल्लेख गरिएको छ तर त्यस्तो घाटा पुर्ति गर्ने बेश्याहरुलाई दिइने परिचयपत्र अबश्य होइन ।, घोषणा पत्रमा पानी जहाज चलाउने, भूपरिवेष्ठित मुलुकहरुले समुद्र उपयोग गर्न पाउने अधिकार प्रयोग गर्दै प्रशान्त र हिन्द महासागरमा नेपाली ध्वजा बाहक पानी जहाज सञ्चालन गर्ने घोषणा छ । पर्यटन विकासको लागी ताप्लेजुङ देखी दार्चुलासम्म जोडने गरी हिमाली पर्यटकीय पदमार्ग निर्माण गर्ने योजना हो त्यसको लागी कति योजना तयार पार्नु भो घोषणा पत्र हेर्ने बानी छ कि छैन ? सदर मुकाम देखि नेपाल चिन सिमानासम्म हिमाली जिल्लाका दुइ र चार लेनको राजमार्ग निर्माण गर्ने पनि छ । तर त्यसको लागी चाहिने जनशक्ति र पुाजी रेड लाइट एरिया र बेश्या हुन सक्दैनन । तपाइका घोषणापत्रले १० बर्ष भित्र सम्पन्न हुने गरी जलमार्ग, पदमार्ग, केवलकार तथा घोडेटो र गोडेटो बाटो निर्माण विस्तार एवं स्तरोन्नतीका बृहत परियोजना सञ्चालन गर्ने कुराहरु पनि छन । यि सबै पर्यटन बिकासका लागी नै हो तर तपाइका योजना यस सम्बन्धमा खोइ कहाा छ ?
यो मुलुक कृषिमा आधारित देश हो जसलाई तपााइको पार्टीले घोषणा पत्रमा सम्बोधन गरेका बाक्यहरु सम्पुर्ण कृषि भूमीमा सुपरजोन, जोन ब्लक र पकेट स्तरका आधुनिक फार्मका बिकास गरी माटो अनुकुल एउटै बाली उत्पादन गर्ने प्रतिबद्धता जनाउादै कृषि फार्महरुमा डेरी, पोल्ट्री, पशुपन्छी, मौरी र माछापालन र खाद्य, फलफुल तथा गैर खाद्य कृषिको उत्पादन र वीउ सुरक्षा कार्यक्रम लागु गर्ने पनि छ जसले कृषि पर्यटनको लागी गतिलो कार्यक्रम हुन सक्दथ्यो । यसले मुलुकको समृद्धिको लागी भूमीको बैज्ञानिक व्यबस्थापन, आधुनिक कृषि र सम्पन्न किसान हुने थिए भन्ेन कल्पना गरिएका थिए त्यस्तो कल्पना परिपुर्ति गर्ने दायित्व तपााइको पनि हो । हामी आधार भुत रुपमा खाद्यान्न वा कृषि उपजमा आत्म निर्भर पनि हुने हो । ५ बर्ष भित्रमा विकासशील राष्ट्रको रुपमा र १० बर्षमा प्रतिव्यक्ति आय ५ हजार डलर पुराउने लक्ष्य रेड लाइट एरियाले पुर्ति गर्छ कि गर्दैन ? तपााइको पोखरामा खेलकुद सम्बन्धी आवाशीय विद्यालय सञ्चालन गर्ने हो । खेलकुद मैदान निर्माण गर्ने हो जसले राष्ट्रिय तथा अन्तराष्ट्रय खेल प्रतियोगिता गर्न सके पनि पर्यटनको अर्को आधार बन्न सक्दथ्यो तर त्यस्तो बिबेक प्रयोग गर्न सक्नु भएन ।
बेश्याबृतिमा संलग्नहरुलाई एक पटक गएर सोध्नुहोस उनीहरुसंग प्रशस्त धन पैसा भएर त्यस्तो पेशामा संलग्न भएका हुन ? तपाइ आफनो छोरी चेली बेश्या भएको देख्न सक्नु हुन्छ ? तपाइको चेलीलाई बेश्याको परिचय पत्र दिने कि ? आत्म सम्मानयुक्त पेशा रोजगारी श्रृजना गर्ने ? अब कर आउाछ भने, पैसा थुप्रिन्छ भने लागु औषधको खुला क्षेत्र बनाउनुस । बिभिन्न देशका रेडलाइटहरुमा नेपाली चेलीहरु पठाउन मेन पावर खोलीदिनुस जसबाट लाखौं रुपैयाा तपाइको आम्दानीको श्रोत हुन सक्दछ । बम्बैका कोठीबाट नारकीय जीवन बिताएर फर्केका चेलीहरुसंग कहिल्यै सोध्ने गर्नु भएको छ ? उनीहरुको जीवन कसरी व्यतित भएको छ । उनीहरु त्यस्तो पेशा अपनाउनुको कारण के थियो बुझनु भएको छ ? यौन कुण्ठा र यौन स्वतन्त्रता के हो ? यस बारेमा भावी पींडीलाई कसरी शिक्षा दिलाउने ? यौन, बिबाह र सम्बन्धका बारेमा समाजलाई उत्कृष्ट शिक्षा कसरी दिने ? तपााइ मुख्य मन्त्रि भएको व्यक्तिले बनाउने योजना हो तर त्यस तर्फ तपाइको ध्यान आर्कषण हुन सकेन ।
समाजलाई सुसंस्कृत सभ्य र बैभब बनाउनु पर्ने हो । उत्कृष्ट समाज र संस्कृतिको बिकास गर्ने हो । नेपालका नारीहरुमा मान सम्मान गर्नु पर्ने हो । स्र्वगसरी भएको यस मुलुकमा बिचरण गर्ने क्षेत्र बनाउनु पर्ने हो । प्रकृति, जलचर, थलचरको संरक्षण गर्नु हो तर त्यसको ठीक बिपरित महिलाहरु माथि चोट पुराउनु भयो । आमा दिदी बहिनीको अनुहार हेरेर कार्यक्रम बनाउनु पर्नेमा सबै महिलालाई बेश्या देख्नु भयो यो भन्दा अभिशाप के हुन सक्छ ।
हाम्रा पहाडका प्रत्येक कान्ला थुम्का र खोंचहरुले मानब सभ्यताको लागी खोजपुर्ण अनुसन्धानको बाटो तय गरेको छ । मानब संस्कार भातृत्व र स्नेहताको लागी एउटा क्रिडा स्थल पनि हो । मिस्रीत बसोबास र उनीहरु वीच भएको बन्धुत्वको एउटा भकारी पनि हो । यस्तो बैभब, सुन्दर र रमणीय स्थललाई रेड लाइट सिटीको रुपमा बिकास गर्न रेडलाइट एरिया थप्दै हुनुहुदो रहेछ बिडम्बना तपााइसंग सहमत हुन सकिन । धन्यवाद ।
pokharel.govind@gmail.com
बुटवल टुडेमा प्रकाशित
प्रकाशन मिति ०७५।०६।०१