पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाद्वारा आत्महत्या

0
103
पेरुका पूर्वराष्ट्रपति एलेन गार्सिया

पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । घुस लिएको आरोपमा उनलाई पक्राउ गर्न प्रहरी आफ्नो निवास पुगेपछि उनले आफैलाई गोली हानी आत्महत्या गरेको बीबीसीले जनाएको छ ।

घटना लगत्तै उनलाई अस्पतालमा लगि उपचार गरिएको भएपनि उनी बाँच्न सकेनन ।

उनलाई आफ्नो दोस्रो कार्यकालमा ब्राजिलको एक निर्माण कम्पनीसँग घुस लिएको आरोप लागेको थियो यद्यपि उक्त आरोप अस्वीकार गर्दै आएका थिए ।

गार्सियाले सन् १९८५ देखि १९९० र सन् २००७ देखि २०११ सम्म गरी दुई कार्यकाल पेरुको राष्ट्रपति भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here