पेमा: समाजमा शोषण कहिलेदिख सुरु भयो होला ? पहिले शोण नभएको समाज हुँदो हो कि ?
कमल: थियो । त्यो बेलाको शोषणविहीन समाजलाई आदिम साम्यवादी युग भन्छन्, त्यो बेला मानिस जङ्गली थिए । कन्दमुल, फलफूल, शिकार खोजेर जीवननिर्वाह गर्दथे । उनीहरुको घरबार हुँदैनथ्यो । सधैँ यताउता घुमिरहन्थे ।
पेमा: कुसुण्डा झैं ?
कमल: पहिले हाम्रा सबै पूर्खा कुसुण्डा थिए । अब कही-कही पाइने कुसुण्डा उनीहरुका शेष हुन् ?
पेमा: अब त तिनीहरु घरबास गरेर बस्न थाले, खेती गर्न थाले ।
कमल: पहिले आदिम समाजमा व्यक्तिगत सम्पत्ति थिएन । त्यसबेला अलिदिन अड्नेजस्तो कुनै जिन्सी हुँदैनथ्यो । फलफूल, शिकार धेरै दिन राखेर पनि काम चल्दैनथ्यो । तुरुन्तै सड्थ्यो । अनि के स´्चय गर्ने ? त्यसबेला सबैतिर जङ्गली जनावर भरिएका हुन्थे । फलफूल खोज्ने, शिकार गर्ने काम सबैले मिलेर गर्नुपर्दथ्यो । सबै मिलेर सँगसँगै कमाएपछि त्यसमाथि हक पनि सबैको हुन्थ्यो । त्यसको उपभोग पनि सामूहिक किसिमले नै हुन्थ्यो । सबै बराबर थिए । त्यसकारण कसैले-कसैको शोषण गर्ने कुरा पनि भएन ।
पेमा: शोषण कहिलेदेखि सुरु भयो त ?
कमल: जहिलेदेखि तेरो मेरो भन्ने सुरु भयो, त्यसैबेलादेखि शोषण पनि सुरु भयो ।
पेमा: यो कसरी सुरु भयो ?
कमल: यो श्रमको विभाजनबाट सुरु भयो ।
पेमा: श्रमको विभाजन भनेको के हो ?
कमल: श्रम भनेको काम, श्रम विभाजन भनेको कमको बाँढफाँड । समाजमा कसैले खेती गर्छन्, कसैले कर्मी काम गर्छन्, कसैले आरन लगाउ.छन्, कसैले जुत्ता, कसैले कपडा सिलाउँछन् । श्रमको विभाजन यही हो । पहिलेको जमानामा यसप्रकारको श्रमविभाजन थिएन ।
पेमा: किन थिएन त ?
कमल: त्यसबेला खाली फलफूल खोज्ने र शिकार गर्ने मात्र काम हुन्थ्यो । सबेले सँगैसँगै ती काम गर्थे । कसैले यो काम गर्न र त्यो गर्न नसक्ने भन्ने थिएन, अनि श्रमविभाजन पनि चाहिएन ।
पेमा: त्यसबाट व्यक्तिगत सम्पत्ति कसरी सुरु भयो ?
कमल: पहिले श्रमको औजार पनि एकैप्रकारका थिए ।
पेमा: श्रमको औजार केलाई भछन् ?
कमल: जुन चीजद्वारा हामीले परिश्रम गछौं, जस्तै कि धनुषवाण, कुटोकोदालो, हलोजुवा, गोरु, थवे-रुखान, हँसिया-धन, मिल-कारखाना यी सबैले गर्ने काम एकै प्रकारको हुन्थ्यो । त्यसकारण श्रमका औजार पनि एकैप्रकारका हुन्थे । ती पनि साधारण प्रकारका थिए-ढुङ्गाका हतियार ।
पेमा: तिनीहरुलाई ढुङ्गेयुगका मान्छे भनेको त्यसैले हो ?
कमल: हो । ती साधारण प्रकारका भएका हुनाले जसले जुन चलाए पनि हुन्थ्यो । जस्तो कि घरमा डोको भएपछि त्यो जसले बोके पनि भयो । एउटा कोदालो भए जसले खन्ने काम गरे पनि भयो ।
पेमा: यो त साधारण कुरा हो ?
कमल: तर, श्रमविभाजन भएपछि अनेकौं औजार उसैले मात्र चलाउन जान्दछ, ती अरुलाई काम लागेनन् ।
पेमा: हो, घनले कपडा पिट्न भएन । दमाइको सियोले अर्नेले फलाम तुन्न भएन ।
कमल: अनि यी सबै व्यक्तिगत सम्पत्ति हुने भए । जो जुन पेशामा लागेको छ, उसित त्यही प्रकारका औजार बेग्लै हुने भए । त्यसरी व्यक्तिगत स्वामित्वको प्रथा सर्वप्रथम कामका औजारबाट सुरु भयो । श्रमका औजार व्यक्तिगत भएपछि, सुस्तसुस्त तीद्वारा हुने कमाई पनि व्यकितगत हुन थो । एकपल्ट व्यकितगत सम्पत्ति सुरु भएपछि त्यो सबैतिर फैलिन थाल्यो; पशु, जमिन आदि सबै व्यक्तिगत हुँदै गए । त्यको एउटा र्केा ठूलो गम्भीर परिणाम भयो ।
पेमा: के परिणाम ?
कमल: श्रमविभाजन भएपछि मानिसहरुले पहिलेभन्दा बढी उत्पादन गर्नसक्ने भए । सबै बैग्लैबेग्लै पेशामा लागेपछि उनीहरु आफ्ना काममा सिपालु र कुशल हुने भए अनि मानिसहरुले बाँच्नलाई ठीक हुनेभन्दा बढी कमाउन सक्ने भए पहिले अरुलाई आफ्नो अधिन बनाएर कुनै फाइदा हुँदैनथ्यो । कमाएको जति धनीहरुलाई नै ठीक हुन्थ्यो । अनि उनीहरुलाई दास बनाएर के काम ? तर अब मानिसहरुले आफूलाई बाँच्न चाहिनेभन्दा बढ्टा कमाउन सक्ने भएपछि त्यो अतिरिक्त (थप) अंशको शोषण गर्ने काम पनि हुन थाल्यो । जग्गा, जमिन, पशु आदि माथि केही मुट्ठीभरका मानिसले कब्जा गरेर मेहनतकश जनतालाई काम गराएर उनीहरुको श्रमको अतिरिक्त उत्पादन शोषण गर्ने थाले ।
पेमा: उसो भए उत्पादनद्वारा सामाजिक सम्पत्तिको वृद्धि भयो, तर शोषित जनतालाई केही फाइदा भएन ।
कमल: समाजमा जति उन्नति भए पनि मेहनत गर्ने जनतालाई त्यसबेलाको परिस्थितिअनुसार बाच्नलाई चाहिनेभन्दा बढ्ता उनीहरुले उत्पादन गरेको जति शोषकवर्गलाई नै हुन्छ । यदि उनीहरुले भोकै रहेर काम गर्न सक्ने भए त्यो पनि दिने थिएनन् ।
पेमा: त्यति त नदिइकन भएन । नत्र उनीहरु कसरी बाँच्छन्, उनीहरुले कसरी पसिना बगाउँछन् र अनि कसरी शोषण गर्न पाउँछन् ?
कमल: मानिससित केही बचत हुन थालेपछि सट्टा-पट्टा पनि हुन थाल्यो । पहिले जिन्सी नै साटासाट गरिन्थ्यो, पछि रुपियाँ पैसाको पनि चलन भयो ।
क्रमशः…….