पूर्व विद्यार्थी नेता लामिछाने रक्तिम साँस्कृतिक अभियान बाँकेको संयोजकमा चयन

0
422

१६ चैत्र, कोहलपुर । रक्तिम सांस्कृतिक अभियान बाँकेको संयोजकमा अखिल (छैठौं)का पूर्व विद्यार्थी नेता शरद लामिछाने चयन भएका छन । रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय संयोजक नारायण योगी र पुर्ब केन्द्रिय सचिब मान बहादुर भण्डारीको बिशेष उपस्थितिमा शुक्रवार बाँकेको कोहलपुरमा सम्पन्न भेलाले लामिछानेलाई जिल्ला संयोजकमा चयन गर्दै ९ सदस्यीय जिल्ला भेला आयोजक समिति गठन गरेको हो।

नवगठित समितिको सदस्यहरुमा क्रमश: पार्वती रम्तेल, ईश्वर पाण्डेय, गोरखनाथ योगि, चतुर्भुज बुढाथोकी, जुलियस लामिछाने, कृष्ण रसाइली, मुना राना र ज्ञानु खत्रीलाई चयन गरेको छ । त्यसैगरी सल्लाहकारमा मानबहादुर भण्डारी, उत्सव काफ्ले, केशवराज शाही, सन्देश अधिकारी र इन्द्रबहादुर बिसिलाई चयन गरेको छ ।

भेलाले यहि चैत्र २६ र २७ गते बुटवलमा सम्पन्न हुन गैरहेको रक्तिम सांस्कृतिक अभियानको राष्ट्रिय भेलामा सहभागिताको लागि जिल्लास्तरमा तयारी गर्ने र जिल्लाव्यापी संगठन विस्तार गरी अर्को बृहत जिल्ला भेलामार्फत रक्तिमको पूर्ण जिल्ला समितिको निर्माण गर्ने निर्णय समेत गरेको संयोजक लामिछानेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here