बागलुङ । गत असार पहिलो साता अविरल वर्षासंगै आएको पहिरोबाट पीडित बनेका काठेखोला गाउँपालिका—४ तंग्राम फापरखेतका पीडितहरुका लागि बाग्लुङ समाज स्पेनले आर्थिक सहयोग गरेको छ ।
बाग्लुङ समाज स्पेनका अध्यक्ष राजु थापाको पहलमा समाजमा आवद्ध व्यक्तिहरूसंगबाट सहयोग रकम संकलन गरिएको थियो । संकलित एक लाख रुपियाँ पीडित परिवारलाई पठाएको अध्यक्ष थापाले बताउनुभयो ।
गत असार ६ गते वर्षासंगै आएको पहिरोका कारण बिमला पुनको मृत्यु भएको थियो । उनको परिवार सहित अन्य तीन जनाको परिवार विस्थापित भएका थिए । पहिरोबाट टोपबहादुर पुन, देवबहादुर पुन, चन्द्रबहादुर पुन, चन्द्रबहादुर पुन, भीमबहादुर पुन विस्थापित भएका थिए । उनीहरुलाई वडा कार्यालयले खाद्यान्न र जिन्सी सहयोग गरेको थियो । जिल्ला विपद् व्यवस्थापन समितिले पनि मृतकका परिवारलाई एक लाख र विस्थापित परिवारलाई प्रतिपरिवार १० हजार राहत प्रदान गरेको छ ।
पीडित परिवारको लागि बेल्जियम, पोर्तुगल र जापानमा रहेका नेपालीहरुले पनि सहयोग पठाएका वडा कार्यालयले जनाएको छ ।