बार्सिलोना । नेपाल सरकारका माननिय परराष्टमन्त्रि प्रदिप कुमार ज्ञवालीले स्पेनको बार्सिलोनामा संचालित नेपाली पाठशालाको अवलोकन गर्नुभएकोछ । अवलोकनको क्रममा पाठसालाद्वारा आयोजित संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले विदेशी भुमिमा रहेर पनि नेपाली पाठशाला संचालन गरेर स–साना बालबलिकालाई नेपाली भाषा, संस्कृति र आफ्नो मातृभूमीप्रतिको भावना जागृत गराउने कार्य गरेको भन्दै प्रशंसा एवं हौसला प्रदान गर्नुभएको थियो ।
अवलोकनको क्रममा स्पेनका लागि नेपाली महामहिम राजदुत दावाफुटी शेर्पा र गैरआवसीय नेपाली संघका अध्यक्ष कुमार पन्तपनि नेपाली पाठशालाले राम्रो कार्य गरिरेको भन्दै यसको निरन्तरताको लागि आफूहरुले पनि सक्दो सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा पाठशाला बार्सिलोनाका सयोजक सरला सापकोटाले मन्त्रीसमक्ष नेपाली पाठशालाले गरेको कार्यबारे जानकारी गराउँदै नेपालमा जन्म भई सानै उमेरमा विदेश आएका तथा विदेशमा नै जन्म भएका बच्चाहरुलाई कागजी रुपमा भन्दा पनि भावनात्मक रुपमा नेपाल प्रतिको माया प्रगाढ राख्नको लागि हामिले सानो प्रयास गरिरहेको बताउनु भयो ।
कार्यक्रमको संचालन शिक्षिका प्रगति शर्माले गर्नुभएको थियो । प्रत्येक सनिबार पाठशालाको कक्षा संचालन हुँदै आइरहेका छन् । अहिले पाठशालाका बालबालिकाहरुलाई तिन वटा भाषा कक्षा र एक नाच कक्षा गरी चार समुहमा कक्षा संचालन हुँदै आइरहेको छ ।