पत्रकार र विद्यार्थीहरु बीच परिचायत्मक भेटघाट कार्यक्रम सम्पन्न

0
178
श्रीगंगानगर, १२ अगस्त । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समितिले भेटघाट कार्यक्रम सम्पन्न पारेको छ । नगर समिति  अन्तर्गतका विभिन्न विश्व विद्यालय, कलेजहरु र माध्यमिक तथा निम्न माध्यमिक विद्यालयहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरुका बीचमा राष्ट्रिय जनमोर्चा दाङ–देउखुरी जिल्ला समितिका उपाध्यक्ष तथा प्रगतिशिल पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष महेश रिजालले परिचायत्मक भेटघाट कार्यक्रम सम्पन्न गर्नु भएको हो ।
              वहाँ उपाचारका क्रममा भारत प्रवास आएको अवसरमा सम्पन्न सो भेटघाटका कार्यक्रममा रिजालले भारतस्थित नेपाली विद्यार्थीहरुका बीचमा मातृभूमि नेपाल विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको, हजारौं नदीहरु र तालतलैयाहरुले सजाइएको सुन्दर प्राकृतिक छठाले भरिपूर्ण मनोरम देशमा घुमेर विद्यार्थीहरुले आफ्नो मातृभूमिलाई मायाँ गर्नु पर्ने सल्लाह दिनु भयो ।
             कार्यक्रमको अध्यक्षता अमर नेपालीले र सञ्चालन बोम बहादुर विष्ट, स्वागत मन्तव्य विष्णु विकले दिएका थिए । कार्यक्रममा क्षेत्रीय समितिका हुम बहादुर विक, हरि न्यौंपाने, हेमराज न्यौंपानेले पनि मन्तव्य दिनुभएको थियो । कार्यक्रम गंगानगरस्थित भाटिया धर्मशालामा सम्पन्न भएको थियो ।
            यसै बीच नगर समिति अन्तर्गत महिला नगर विभागको बैठकले तिजी महत्वस २०७५ प्रगशिल तरिकाले भव्य रुपमा मनाउने निर्णय गरेका जानकारी हुन आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here