न दश वर्षमा स्वीटजरलेण्ड भयो, न स्वर्ग हुन्छ : पौडेल

0
857
पुना, २८ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत पुना नगर समितिको ७औं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन केन्द्रीय समितिका सचिव प्रेम पौडेलले गर्नुभएको थियो ।
उद्घाटन भाषणमा पौडेलले देशको समसामयीक राजनीतिक विषयमा प्रष्ट्याउनु भएको थियो । विगतमा प्रचण्डले दश वर्षमा नेपाललाई स्वीटजरलेण्ड बनाउने बताए जस्तै, वर्तमानमा केपी ओलीले दश वर्षमा नेपाललाई स्वर्ग बनाउने अभिव्यक्ति दिंदै हिडेका छन् त्यो पनि नेपाली जनताको आंखामा छारो हाल्ने काम भएको पौडेलले बताउनु भयो ।
त्यस्तै पौडेलले भारतमा छरिएर रहेका श्रमजिवी नेपालीहरुको पक्षमा संघर्ष गर्ने संगठन मूल प्रवाह एकता समाज बाहेक कुनै नरहेको समेत ठोकुवा गर्नु भयो । प्रवासी नेपालीहरुको मताधिकारका लागि आफूहरु लामो समयदेखि नै संघर्षरत रहेको समेत बताए ।
सम्मेलनले शेर बहादुर पुलामीको अध्यक्षतामा नयाा समिति निर्वाचित गरेको छ । जसमा: उपाध्यक्ष– केशव सुनार, सचिव– गिरी राहाडी, सहसचिव– भोज प्रसाद गौतम र कोषाध्यक्ष– गोम बहादुर घर्ती रहनु भएको छ ।
त्यस्तै सदस्यमा: रामचन्द्र केसी, हरि सिंह राना, टेक बहादुर राना, विष्णु पुलामी, मेक बहादुर गाहा, खिम बहादुर कुंवर, सन्तोष चव्हान, दिवस पाण्डे, ओलजीत राना, लेखत राहाडी र दुई स्थान रिक्त । त्यस्तै वैकल्पिक सदस्यमा: रोम फौंजा, निसान त्रामु, दोम त्रामु र श्रीधर कुंवर रहेका छन् । त्यस्तै सम्मेलनले सल्लाहकारमा तिलक गाहा, घनश्याम सिंजापति, प्रतिमा पौडेल, अमृता फौंजा र दुई स्थान रिक्त राखिएको छ । नवनिर्वाचित समितिको घोषणा क्षेत्रीय अध्यक्ष खुम बहादुर पुनले गर्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता शेर बहादुर पुलामीले र सञ्चालन गिरी राहाडीले गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुलाई मेक बहादुर गाहा र रक्तिमका कलाकारहरुले स्वागत गरेका थिए ।
नया समितिलाई केन्द्रीय सदस्य गोविन्द बहादुर थापा, केन्द्रीय सदस्य तथा पश्चिम भारत क्षेत्रीय समितिका अध्यक्ष वेद बहादुर कार्की, क्षेत्रीय सदस्य अनन्त राहाडी, रक्तिम केन्द्रीय विभागका बोम सिंजापति, अहिला विभागकी रेणुका कुंवर, रायगढ नगर समितिका श्याम त्रामु, रक्तिम परिवारबाट उषा थापा, नेपाल न्यूजका बलबहादु जयगढी र प्रवासी नेपाली संघ भारका त्रिलोचन देवकोटा लगायतले बधाई तथा शुभकामना दिएका थिए ।
त्यस्तै कार्यक्रमको अन्तमा रक्तिमका कलाकारहरुबाट भव्य साास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here