‘न खुराकी न सुराकी’को नीति विप्लबलाई पनि हुन सक्छ : राजमो

0
1810

जेठ २१, काठमाडौं । हालै प्यूठानको झिमु्रक गापा र मल्लरानी गापा प्रमुखलाई नेपाल कम्युनिस्ट पार्टी (विप्लव नेतृत्व) सँग सम्बन्धित जनपरिषद् नेपालको प्यूठान जिल्ला समितिले पत्रकाटी राजीनामा गरेको छ । राष्ट्रिय जनमोर्चाका झिमरुक गाउँपालिकाका निर्वाचित अध्यक्ष तिलक जि.सी. र मल्लरानी गाउँपालिकाका निर्वाचित अध्यक्ष अमरध्वज रानालाई यही जेठ ७ गते लेखिएका बेग्ला–बेग्लै पत्रहरु झिमरुक गाउँपालिकामा यही जेठ १९ गते र मल्लरानी गाउँपालिकामा यही जेठ २० गते पठाई आफ्नो पदबाट राजीनामा दिन भनेको छ । यदि राजीनामा नदिए जनकारबाही गर्ने चेतावनी समेत दिएको उक्त विषयलाई राष्ट्रिय जनमोर्चाले तीव्र विरोध र भत्र्सना गरेको छ ।

पार्टी अध्यक्ष चित्र बहादुर केसी द्वारा हस्ताक्षरित विज्ञप्ती मार्फत राष्ट्रिय जनमोर्चाले आफ्ना कुनै पनि प्रतिनिधिका विरुद्धको त्यस प्रकारका चेतावनीलाई तुरुन्त फिर्ता गर्न चेतावनी समेत दिएको छ । यदि त्यसप्रकारले कुनै कारबाही गरिएमा त्यसको कडा प्रतिरोध गरिने जानकारी समेत सो विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ :– “हामीले संघीय शासन प्रणालीको विरोध गर्दै त्यसको विरुद्ध संघर्ष गरिरहेका छौं । संघीय प्रणालीको प्रधानपक्ष संघीय संरचना अर्थात् प्रदेश संरचना हो । त्यसको खारेज गर्न माग गर्दै आएका छौं । त्यसको स्थानमा व्यापक प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमा आधारित एकात्मक प्रणाली कायम गर्न भनेका छौं । स्थानीय तहलाई अरु बढी अधिकार सम्पन्न र सुदृढ बनाउन जोड दिएका छौं ।”

नेकपाको स्थानीय तहका जनप्रतिनिधिहरुलाई खारेज गर्ने कुराप्रति राष्ट्रिय जनमोर्चाले गम्भीर असहमति जनाउँदै भनेको छ: “उनीहरुप्रति गरिने कुनै पनि प्रकारको जोरजवरजस्ती वा बलप्रयोगको कारबाही हामीलाई सह्य हुने छैन ।”

राष्ट्रिय जनमोर्चाले विगतमा पनि सबै प्रतिक्रियावादी र विभिन्न प्रकारका दक्षिणपन्थी वा उग्रवामपन्थी, अवसरवादीहरुका त्यसप्रकारका नीति, दमन, हत्या, गुण्डागर्दी, आतंक तथा जोरजवरजस्तीपूर्ण कार्यको विरुद्ध सम्झौताहीन संघर्ष गर्दै आएको छ । नेकपासँग सम्बन्धित जनपरिषद्को धम्कीको विरुद्ध पनि दृढतापूर्वक सामना गरिने विज्ञप्तीमा उल्लेख छ ।

विगतको माओवादी द्वन्द्वको समयमा माओवादीहरुले धम्कीलाई चुनौती दिंदै राष्ट्रिय जनमोर्चाले ‘न खुराकी न सुराकी’को नीति अपनाएका थियौं । यदि ेपाल कम्युनिस्ट पार्टी (विप्लव नेतृत्व) सँग सम्बन्धित जनपरिषद् नेपाल नसच्चिएको अवस्थामा सोही नीति पनि अपनाउन सक्ने विज्ञप्तीमा भनिएको छ: “उपरोक्त प्रतिनिधिहरुसँग उक्त पत्र पठाएपछि आर्थिक सहयोगको माग गरिएको छ । स्थानीय तहको रकम स्थानीय तहका जनता र त्यहाँको विकास निर्माणको रकम हो । पहिला माओवादीहरुले पनि यसरी धम्की दिंदै जनताबाट ठूलो रकम असुली गर्ने गरेका थिए । यदि उनीहरुले पैसा नदिएमा उनीहरुको हत्या समेत गर्दथे । उनीहरुको त्यसप्रकारको कार्यको हामीले उनीहरुलाई ‘न खुराकी न सुराकी’को नीति अपनाएका थियौं । हाम्रो त्यसप्रकारको पृष्ठभूमिको आधारमा हामीले जनताको पैसालाई धम्कीको भरमा उनीहरुलाई दिने छैनौं ।”

राष्ट्रिय जनमोर्चा र नेपाल कम्युनिस्ट पार्टी (विप्लव नेतृत्व)का बीच बहुपक्षीय रुपमा सहमत भएका विषयमा कार्यगत एकता र संयुक्त कार्यक्रम गर्दै आएका थिए, नेपाल कम्युनिस्ट पार्टी (विप्लव नेतृत्व)को यसप्रकारको व्यवहार भएसम्म: “हामीले त्यो कार्यगत एकता र संयुक्त कार्यक्रम पनि सँगै नगर्ने निर्णय गरेका छौं” विज्ञप्तीमा उल्लेख छ ।

सदा झैं राज्य आतंक वा नेकपाका शान्तिपूर्ण कार्यक्रममा सरकारको हस्तक्षेप, दमन, तिनका नेता–कार्यकर्ताको गिरफ्तारी वा वारेन्ट जारी गर्ने कार्यको विरोध गर्ने नीतिलाई राष्ट्रिय जनमोर्चाले कायमै राखेको छ । नेकपाले अपनाउने आतंकपूर्ण नीति र कार्यको पनि विरोध गर्दै नेकपाले त्यसप्रकारका कार्यलाई तुरुन्त बन्द गर्न अनुरोध मोर्चाले विज्ञप्ती मार्फत अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here