विनोद गैरे, अर्घाखाँची
नेशनल प्यावसन अर्घाखाँचीको आयोजनामा आज सन्धिखर्क ग्रिन इङ्गलिस वोर्डिङ्ग स्कुलमा नेशनल प्यावसन जिल्ला स्तरीय खुल्ला हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रमको नेशनल प्यावसन अर्घाखाँचीका सल्लाहाकार नेत्र प्रसाद भुसालले पानसमा वत्ति वालेर उद्घाटन गर्दै अतिरिक्त क्रियाकलापहरुले वालवालिको मानसिक तथा सारिरिक विकासमा टेवा पु¥याउने हुँदा यस्ता किसिमका अतिरिक्त क्रियाकलापहरु नेशनल प्यावसन अर्घाखाँचीले आयोजना गर्दै आईरहेको उल्लेख गर्नुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका कोषाध्यक्ष विनोद गैरेले वालवालिकाहरुलाई किताबको घोकन्ते विद्यामा सिमित नराखेर बाह्य ज्ञान प्राप्तीको लागि अतिरिक्त त्रियाकलापहरु समय–समयमा संचालन गरिरहनु पर्नेमा जोड दिएका थिए ।
प्रतियोगिताको पहिलो सत्र अन्र्तगतको चित्रकला प्रतियोगितामा सितगंगा नगरपालिका ४ चाक्लाको चाँदनी इङ्गलिस वोर्डिङ्ग स्कुलले प्रथम, सितगंगा नगरपालिका ५ जुकेनाको ग्यालेक्सी इङ्गलिस वोर्डिङ्ग स्कुलले द्वितिय, सन्धिखर्क नगरपालिका वडा नं. ४ को न्यू मुनलाईट इङ्गलिस वोर्डिङ्ग स्कुलले तितृय र मालारानी गाउँपालिका १ को अर्घातोष मदरल्याण्ड इङ्गलिस वोर्डिङ्ग स्कुलले सान्तव्ना स्थान हासिल गरेका थिए भने प्रतियोगिताको दोस्रो सत्र अन्र्तगतको हारिजीजवाफ प्रतियोगितामा सन्धिखर्क नगरपालिका २ को सन्धिखर्क ग्रिन इङ्गलिस वोर्डिङ्ग स्कुलले प्रथम, पाणिनी गाउँपालिका ७ को अड्गुरी एजुकेशन एण्ड सउल डेभलपिङ्ग इङ्गलिस वोर्डिङ्ग स्कुल द्वितिय, मालारानी गउँपालिका २ को ग्लोवल इङ्गलिस वोर्डिङ्ग स्कुलले तितृय र सितगंगा नगरपालिका ४ चाक्लाको चाँदनी इङ्गलिस वोर्डिङ्ग स्कुलले सान्त्वना स्थान हासिल गरेका थिए ।
दुबै प्रतियोगिताहरुमा प्रथम, द्वतिय, तितृय र सान्त्वना स्थान हासिल गर्ने समुहलाई ट्रफी तथा प्रमाण पत्रले सम्मान गरिएको थियो । कार्यक्रम नेशनल प्यावसन अर्घाखाँचीका अध्यक्ष टेक बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष भविश्वर बन्जाडेको स्वागत तथा सचिव बेदराज बेल्वासेको संचालनमा सम्पन्न भएको थियो ।