नेपाल र स्कटल्यान्डसँग आईसीसी विश्वकप लिग-टू खेल्ने अमेरिकाको टोली घोषणा

0
4

कार्तिक ८, २०८१ |मिसन खवर

काठमाडौं । अमेरिकाले मोनांक पटेलको कप्तानमा आईसीसी विश्वकप लिग टू खेल्ने आफ्नो अन्तिम टोली घोषणा गरेको छ । अमेरिकाले गएराति टोली सार्वजनिक गरेको हो ।

अमेरिकाको प्रमुख बलर सौरभ नेत्राभल्कर सँगै स्टार विकेट किपर ब्याट्स्मेन एन्ड्रिस गाउस पनि टिममा छन् ।

त्यसैगरी सैतेजा मुक्कमल, जसदिप सिंह, नोस्थुस केन्जिगे, स्याडले भान, सायन जाहान्गर, हरमित सिंह अमेरिकी टिममा रहेका खेलाडी हुन। त्यसैगरी, स्मिथ पटेल, सुसान्त मोदानी, मिलिन्ड कुमार, उत्कृष श्रीवास्तव, यासर मोहम्मद, जुवनोयले पनि टिममा स्थान बनाएका छन्।

आईसीसी विश्वकप लिग टू अन्तर्गत भोलि अमेरिकाले सिरिजको पहिलो खेलमा स्कटल्यान्डसँग खेल्नेछ । स्कटल्यान्ड र नेपाल सिरिजको लागि अमेरिका पुगिसकेका छन्। नेपाल र अमेरिकाको खेल कार्तिक ११ गते हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here