काठमाण्डौ । राट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल भारत सिमानामा आएका नेपालीहरुको अवस्था बारे पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।
अध्यक्ष केसीले बुधबार एक वक्तव्य जारी गर्दै विश्व स्वस्थ्य संगठनको पोर्टुकलमा व्यवस्था भएअनुसार भारत वा अन्य जुनसुकै देशमा भएका नेपालीहरुलाई सोही देशले नै व्यवस्थापन गर्नुपर्ने उल्ल्ेख गर्नुभएको छ ।
यस विषयमा भारत लगाएत विश्वका अन्य देशहरुमा पनि नेपालीहरुको समुचित व्यवस्था भएनभएको बारे आवश्यक ध्यान दिन वक्तव्यमार्फत नेपाल सरकारलाई अनुरोध गर्नुभएको छ । उहाँले नेपाल भारत सिमानामा रहेका नेपालीहरुको व्यवस्थापन पनि डब्लुटिओको पोर्टुकल अनुसार नै हुनुपर्नेमा केसीले जोड दिनुभएको छ ।
विश्वव्यापी संक्रमण फैलिएको कोरोनाको प्रभाव भारतमा पनि देखिन थालेपछि भारत सरकारले लकडाउन घोषणा गरेको थियो । लकडाउनको अवस्था अहिले पनि कायम छ । भारत सरकारले लकडाउनगरेसंगै दैनिक मजदुरी गर्ने नेपालीहरु रोजगारविहीन भएपछि घरफर्किन भन्दै नेपाल आउने क्रममा सिमानाकामा रोकिएका छन् ।