नेपाल आमाको आशा

0
281
  • रामप्रसाद पौडेल, हैदरावाद

ए सन्तानहरु हो झ् कित यति धेरै निष्ठूरी हुन्छौ ?
म माथि बलात्कार हुँदा किन निरिह हुन्छौ ?
मेरो छातीमाथि बुट बज्रिदा किन टुलुटुलु हेर्छौ ?
मेरो शिर लुछिंदा किन नतमस्तक बन्छौ ?
ए सन्तान हरु हो ……………………..

मेरै आँखा अगाडि एउटी चेली बलत्कृत हुँदा
न्याय पाइन भनि झम्टी झम्टी रुँदा
तिम्रो न त आँखाले नै देख्न सक्यो
न त तिम्रो कानले नै रोदन सुन्न सक्यो
ए सन्तान हरु हो ……………………..

मेरो काखमा जन्मे हुर्केका सबै सन्तान बराबरी
उँचो निचो कोही छैन कुरा त्यही हो सरासरी
तर सदभावलाई विथोलेर गर्न थाल्यौ मारामारी
यस्तो काम गर्यो भने कहिल्यै हुन्न भराभरी
ए सन्तान हरु हो ……………………..

मेरो शरिर टुक्रा पार्न नखोज चिराचिरा
आपाङ्ग बनीकन कति दिन पो बाच्न सक्छु र ?
टाउको, छाती, हातखुट्टा छिन्न भिन्न पारी
तड्पीएको अधमरो शरिरलाई बोकाउन नखोज भारी
ए सन्तान हरु हो ……………………..

मलाई सबै मिली बसेको हेर्न मन छ
सबै मिली एउटै भाकामा गाएको सुन्न मन छ
मलाई सबैले एकताको माला उनी लाएको हेर्न मन छ
मलाई पुर्खाले जस्तै शाहस देखाएको हेर्न मन छ
ए सन्तान हरु हो ……………………..

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here