नेपाली सासकमा भारतको दलाली र चाकरी गरेर सत्ता जोगाउने प्रवृत्ति हावी छ- केसि

1
334

बार्सिलोना, स्पेन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसिले नेपाली शासकहरुमा भारतको दलाली गरेर सत्ता जोगाउने प्रवृत्ति रहेको बताउनु भएको छ । भारतीय हस्तक्षेपका विरुद्ध अन्तराष्ट्रिय नेपाली एकता समाजले बुधवार भिडियो कन्फरेन्स मार्फत आयोजना गरेको अन्तरक्रियमा कार्यक्रममा बोल्दै अध्यक्ष केसीले उक्त कुरा बताउनु भएको हो ।

एकातिर भारतीय साम्राज्यवादकाे नेपालमाथिकाे हस्तक्षेपकारी निती र अर्काेतिर विगतदेखि नै नेपाली शासकहरुले भारतीय शासकलाई खुशी पारेर नै सत्तामा बसिरहन सकिन्छ भन्ने मानसिकताका कारण अाज देशकाे राष्ट्रियता र सार्वभौमिकतामाथी गम्भीर संकट उत्पन्न भएकाे उल्लेख गर्दै अध्यक्ष केसीले कालापानी लिपुलेककाे सम्स्या पनि त्यसैकाे परिणाम भएकाे बताउनुभयाे ।

अध्यक्ष केसीले सिंगो मानव जाती नै कोरोनाले थला परेको बेला भारतीय साम्राज्यवाले नेपाली भुमि अतिक्रमण गरेको उल्लेख गर्दै भारतीय हस्तक्षेप विरुद्ध सम्पूर्ण दल तथा देशभक्त नेपाली जनता एकजुट हुन अाव्हान समेत गर्नुभयाे ।

अायाेजककाे तर्फबाट  अन्तराष्ट्रिय नेपाली एकता समाजका सचिवालय सदस्य ठाकुर खनालले अाधारपत्र पेश गर्नुभएकाे उक्त कार्यक्रममा विशिष्ट अथितिको रुपमा नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

विश्वभरीका देशहरुका एकता समाजका नेतृत्व तथा प्रतिनिधीहरुको सहभागीरहेको उक्त कार्यक्रमका दक्षिण कोरीया नेपाली एकता समाजका अध्यक्ष विदुर शर्मा, युरोप नेपाली एकता समाजका अध्यक्ष तोयानाथ कँडेल, स्पेन नेपाली एकता समाजका अध्यक्ष दुर्गा शर्मा, युएई नेपाली एकता समाजका अध्यक्ष जयबहादुर विक, ओमन नेपाली एकता समाजका अध्यक्ष छविलाल बस्नेत, कतार नेपाली एकता समाजका महासचिव हेमन्त वाइवा, जापान नेपाली एकता समाजका अध्यक्ष यमलाल सापकोटा, बेल्जीयम नेपाली एकता समाजको तर्फबाट हिमाल थापा, युगदर्शन साप्ताहिकका कार्यकारी सम्पादक प्रकाश थापा, हङकङ नेपाली एकता समाजका महासचिव ज्ञामुराम अाचार्य, बहराइन नेपाली एकता समाजका अध्यक्ष धनबहादुर कार्की, कुवेत नेपाली एकता समाजका सल्लाहकार दिनेश शर्माले भारतीय हस्तक्षेपको विरुद्ध मन्तव्य राख्नुभएको थियो ।

अन्तराष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष दुर्गा बहादुर केसीको अध्यक्षतामा सम्पन्न विरोध कार्यक्रमको संचालन महासचिव लुमाकान्त पुनले गर्नुभएको थियो भने स्वागत कोषाध्यक्ष शक्तमान बुढाथोकीले गर्नुभएको थियो ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here