नेपाली विद्यार्थीहरुले नयाँ वर्ष २०७५ शुभकामना आदानप्रदान गर्ने

0
314

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा अध्ययनरत नेपाली विद्यार्थीहरुले नेपाली नववर्ष २०७५ को उपलक्ष्यमा आगामी १४ अप्रेल २०१८ का दिन शुभकामना आदान प्रदान तथा विभिन्न खेलकुद एवं हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने बताएको छ ।

अखिल भारत नेपाली विद्यार्थी संघको पश्चिमोत्तर क्षेत्रीय समितिको आयोजनामा हुने सो खेलमा बेडमिन्टन, रस्साकसी, खो खो, २०० मिटर दौड, रिले दौडको खेलाइने छ । त्यस्तै सोही अबसरमा विद्यार्थीहरुको चेतनास्तर उन्नतीका लागि हाजिरी जवाफ प्रतियोगिता समेत हुने व्यवस्थापन समितिका इन्चार्ज दिपक भुसालले बताएका छन् ।

सो कार्यक्रमलाई व्यवस्थित र भव्य रुपमा सम्पन्न पार्नका लागि दिपक भुसालको इन्चार्जमा शिवराज पाण्डे, अजय रेश्मी, अमृता खरेल र निशा खनाल रहेको पाँच सदस्यीय व्यवस्थापन समिति समेत गठन गरेको समाचार हामीलाइ प्राप्त भएको छ ।

संघको पश्चिमोत्तर क्षेत्रीय समितिको १८ फेबु्रअरीका दिन सम्पन्न बैठकले सो निर्णय गरेको बताइएको छ । खेलकुद कार्यक्रमको स्थान बारे भने अझै जानकारी हुन आएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here