परवाणु, १६–१७ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समिति अन्तर्गत परवाणु नगर समितिको १२औं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन समाजका अध्यक्ष दुर्गा बहादुर केसीले गर्नुभएको थियो ।
केसीले उद्घाटन मन्तव्यमा सम्पूर्ण प्रवासी नेपालीहरुलाई स्वदेशमा पुगी मतदान पहिचान पत्र बनाउन आव्हान गर्नुभएको थियो । “नेपाली भाषा बोलेर मात्रै, नेपाली भइँदैन । त्यसका लागि नेपाली मताधिकार, राष्ट्र र नेपाली राष्ट्रियताको पक्षमा पनि सवल हुन आवश्यक छ ।” केसीले भन्नु भयो– “सर्वोच्च न्यायलयले प्रवासी नेपालीहरुको मताधिकार कार्यान्वयनका लागि सरकारलाई आदेश दिइ सकेको छ, यदि साँच्चै नै कार्यान्वयन भयो भने त्यसको फाइदा अरु कसैलाई हुनेछ ।”
राष्ट्रियताको सवालमा पनि प्रवासी नेपालीहरु सदा सजग र सतर्क रुपमा रहनु पर्ने केसीले जोड दिनुभयो । देशमा वामपन्थी सरकार चलिरहेको परिवेशमा पनि प्रवासी नेपालीहरुको ज्यूधनको सुरक्षा प्रति उदासिन रवैयाका लागि अब सम्पूर्ण प्रवासी नेपालीहरु संगठित आन्दोलनमा सरिक हुनुपर्ने आवश्यकता बारे समेत केसीले जोड दिनु भयो ।
कार्यक्रम प्रेम पुनको अध्यक्षता तथा रामप्रसाद पोख्रेलको सञ्चालनबाट अगाडि बढेको थियो । सम्मेलनका सहभागिहरुलाई रक्तिमका कलाकारहरु र नरेन्द्र रानाले स्वागत गर्नुभएको थियो ।
नवनिर्वाचित समितिको घोषणा केन्द्रीय सल्लाहकार कर्ण बहादुर तमाङले गर्नुभएको थियो । जसमा: अध्यक्ष– कुमराज पुन, उपाध्यक्ष– शेर बहादुर बुढा, सचिव– विशन कुमार, सहसचिव– सागर बुढा र कोषाध्यक्ष– नरेन्द्र राना रहेका छन् । त्यस्नै सदस्यमा: नेत्र गुरुङ, लाल कुमारी पुन, भगत बहादुर बुढा, विमला राना, गौमायाँ गुरुङ, वैकल्पिक सदस्यमा: जंग बहादुर विक, सुरेन्द्र परियार र राजेन्द्र पुन रहेका छन् । त्यस्तै सम्मेलनले मोहन थापा, प्रेम पुन, टेक बहादुर, गोविन्दर, जितबहादुर, नन्दु बुढा र किष्ण पुनलाई सल्लाहकार चयन गरेको छ ।
प्रमुख अतिथि दुर्गा बहादुर केसी, राज्य समितिका अध्यक्ष शोभाखर पन्थ, केन्द्रीय सल्लाहकार नेत्र गुरुङ, राज्य समितिका भूवन केसी, कर्ण बहादुर तमाङ, दुर्गा तमाङ, सितारमा बुढा, बलजित सिंह, राजकुमार, ठाकुर पन्थ, रामकुमार बुढा, महिला राज्य विभागकी लालकुमारी पुन, विमला तमाङ लगायतले नवनिर्वाचित समितिलाई बधाई दिनु भएको थियो ।
सम्मेलनको अन्तमा रक्तिमका कलाकारहरुले भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।