“नेपालमा च्याउ खेतीको सम्भावना, अवस्था र चुनौती” विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न।

0
318

बुटवल । च्याउ उत्पादक किसान संघ नेपाल द्वारा संघिय संरचना अनुसारका सबै प्रदेशहरुमा “नेपालमा च्याउ खेतीको अवस्था, सम्भावना र चुनौती” विषयक अन्तर्क्रिया कार्यक्रम साथमा प्रदेश भेला गर्ने अभियान संचालन गरेको छ। गत वैशाख २४ गते प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा प्रदेश नं ५ कि कृषि मन्त्री माननीय आरति पौडेलको प्रमुख आतिथ्यतामा अन्तर्क्रिया कार्यक्रम तथा प्रदेश नं ५ को भेला सम्पन्न गरी अभियानको औपचारिक सुरुवात गरेको थियो।

त्यसैगरी गत वैशाख ३० गते सुदुर पश्चिमको धनगढीमा प्रदेश कृषि सचिव डा. महेश भट्टको प्रमुख आतिथ्यतामा अन्तर्क्रिया कार्यक्रम र सुदुरपश्चिम भेला पनि सम्पन्न गरि सकेको छ। यसैगरी बाँकी रहेका प्रदेश हरुमा पनि छिटै अन्तर्क्रिया कार्यक्रम र साथमा प्रदेश भेला गर्दै अभियान सम्पन्न गर्ने कुरा च्याउ उत्पादक किसान संघ नेपाल केन्द्रिय अध्यक्ष प्रेम नारायण अधिकारीले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here