काठमाडौं/ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) का अध्यक्ष बिमल पोख्रेलले नेपालको लागि संघीयता घातक भएको बताउनु भएको छ । उहाँले विगतमा जसरी आफै शक्तिशाली भनिएका शासकहरुलाई जनताले सडकबाटै ठेगान लगाएका थिए । त्यसैगरी अहिलेको संघीयतालाई पनि नेपाली जनताले सडकबाट नै उखेलेर फ्याँक्ने चेतावनी समेत दिनुभयाे । अखिल (छैठौं) ले आगामी चैत्र १ गते देखि ५ गते सम्म सञ्चालन हुने संघीयता विरुद्ध काठमाडौं केन्द्रित कार्यक्रमको तयारीको सिलसिलामा शनिबार राजधानीमा गरिएको काठमाडौं उपत्यका स्तरीय भेलालाई सम्बाेधन गर्दै उहाँले उक्त कुरा व्यक्त गर्नु भएको हो ।
भेलामा अखिल (छैठौं)का केन्द्रीय सचिव सुवास जिसि, नेकपा (मसाल) काठमाडौंका जिल्ला प्रवक्ता जगत रेग्मी र अखिल (छैठौं)का पूर्व सल्लाहकार भीष्म जोशीले पनि मन्तव्य व्यक्त गर्नुभएकाे थियाे । राष्ट्रिय जनमोर्चा काठमाडौंका छवि खनालले पनि मन्तव्य राख्नुभएाे थियाे ।अखिल (छैठौं) का काठमाडौं जिल्ला अध्यक्ष प्रतिभा शर्मा, पूर्व राष्ट्रिय परिषद सदस्य टंक जिसि, वाग्लुङ–काठमाडौं सम्पर्क समितिका अध्यक्ष शुर्य पौडेल लगाएतको आतिथ्यता रहेको थियो ।
भेलाले सुवाश जिसिको संयोजकत्वमा १५ सदस्यीय उपत्यका परिचालन समिती र सृजना जिसिको संयोजकत्वमा ५५ सदस्यीय आन्दोलन प्रचार समिती गठन गरेको छ । आगामी माघ र फागुनमा उपत्यका व्यापिरुपमा आन्दोलन प्रचारप्रसार गर्न परिचालन समितिले कार्य योजना बनाइ कार्यान्वयन गर्ने निर्णय भएको छ । भेला अखिल (छैठौं)का केन्द्रीय सदस्य प्रतिभा आचार्यको सञ्चालन र सचिवालय सदस्य सृजना जिसिको अध्यक्षतामा सम्पन्न भएको हो ।