काठमाडौं । राजमो नेता गौरीलाल कार्कीले केही समय अघि आफूले लेखेको लेखका सम्बन्धमा आत्मालोचना गर्नु भएको छ । २०७५ असोज १ गते बाँकेबाट प्रेस वक्तव्य जारी गर्दै उहाँले आत्मालोचना गर्नु भएको हो ।
वक्तव्यमा अगाडि भनिएको छ– “२०७५ भदौ २ गतेको दिन “कम्युनिस्ट आन्दोलनमा छलफलका केही विषयवस्तुहरु“ शीर्षकको मेरो एउटा लेख इमिसन खबर डट कममा प्रकाशित भएको थियो र त्यसलाई मैले मेरो फेसबुकमा पनि सेयर र स्टाटसको रूपमा पोस्ट गरेको थिए । त्यस लेखप्रति मेरो आफ्नो ध्यानाकर्षण भएको छ । मैले त्यस लेखमा व्यक्त गरेका कतिपय विषयवस्तुहरु मेरो र सङ्गठनको प्रक्रिया, पद्धति र नियम विपरीत खुल्ला रूपमा प्रसारण गर्नु मेरो आफ्नो कमजोरी भएको छ । त्यसलाई सच्चाउन र आगामी दिनमा यस्ता कुरामा ध्यान पुराउन म सचेत रहने छु । मैले यो कमजोरी गरेकोमा सार्वजनिक रूपमा आत्मालोचित छु । साथै अब कुनै पनि कमजोरी दोहोरिने छैनन् भन्ने विश्वास दिलाउन चाहन्छु ।”